• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

आईपीओमा लगानीकर्ताको आकर्षण उच्च, सक्रिय डिम्याट खाताको संख्या ५० लाख पुग्यो

64x64
सुमित्रा कार्की बिहीबार, फागुन १२, २०७८  १०:४१
1140x725

काठमाडौं– पछिल्लो समय विभिन्न कम्पनीका साधारण सेयर (आईपीओ)मा लगानी गर्ने लगानीकर्ताको संख्या उल्लेख्य रुपमा बढेको छ। शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि सेयरमा लगानी गर्नेको संख्या बढिरहेको छ। 

अहिले गाउँका चिया पसलदेखि गाउँ र शहर जहाँसुकैका जमघटमा या राजनीतिकै चर्चा हुन्छ, या त सेयर बजारको। गृहिणीदेखि कलेज पढ्ने किशोरवयसम्म सबैले सेयर बजारबारे चासो राख्ने र कुरा गरिरहने गर्छन्। 

पछिल्लो समय सेयर बजारमा सके दोस्रो बजारमै कारोबार गर्ने, नभए पनि आईपीओ भर्नकै लागि पनि मानिसहरू बैंकमा खाता र डिम्याट खाता खोल्न आउनेक्रम बढ्दो रहेको ओखलढुंगास्थित एभरेष्ट बैंकका एक कर्मचारी बताउँछन्। उनी भन्छन्, ‘पछिल्लो समय बैंकमा आईपीओ भर्नको लागि डिम्याट खाता खोल्न र मेरो सेयरको आईडी पासवर्ड लिन आउने लगानीकर्ताको संख्या विगत २ दुई वर्षको भन्दा धेरै नै बढेको छ।’ 

के कारण बढ्यो आईपीओमा आकर्षण? 
सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्नुको एउटा प्रमुख कारण विगत दुई वर्षयताको कोरोना महामारी रहेको जानकारहरु बताउँछन्। कोरोना महामारीका कारण लामो समय सबै क्षेत्र बन्द भएकाले धेरैको ध्यान सेयर बजारतर्फ मोडिएको उनीहरुको बुझाइ छ। कोरोना महामारीको सुरुवातसँगै सेयर बजारमा विभिन्न खालका नयाँ प्रवृत्ति पनि विकास भएका छन्, जसको सकारात्मक प्रभाव दुर्गम गाउँसम्म परेको छ।

एउटा कारण अहिले सेयर बजारमा आईपीओ भर्नेदेखि सेकेन्डरी मार्केटको कारोबार पनि अनलाइन प्रणालीबाटै हुन्छ। अनलाइन प्रणालीको सुरुवात भएसँगै र ग्रामीण क्षेत्रमा समेत इन्टरनेट र स्मार्ट फोनको पहुँच विस्तार भएसँगै सेयर लगानीकर्तालाई धेरै सहज भएको छ। जसले सेयर बजारमा प्रवेश गर्नेहरूको संख्या गुणात्मक रूपमा समेत वृद्धि भएको देखिन्छ। यसैगरी, विभिन्न जलविद्युत् आयोजना तथा नयाँ–नयाँ कम्पनीले स्थानीयलाई भनेर सेयर छुट्ट्याउने र प्राथमिक सेयरमा लगानी गर्दा कतिपयमा सेयर मूल्य बढेर अनुमानभन्दा धेरै नाफा हुने गरेबाट पनि सेयर लगानीमा आकर्षण चुलिएको छ। 

Ncell 2
Ncell 2

सक्रिय डिम्याट प्रयोगकर्ता ५० लाख 
नेपाल सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबारसम्म सक्रिय डिम्याट खाता भएका लगानीकर्ताको संख्या ४९ लाख ८० हजार पुगेको छ। अहिले आईपीओमा आवेदन दिने ९५ प्रतिशतभन्दा धेरै लगानीकर्ताले अनलाइन माध्यमबाट आईपीओ भर्ने गरेको नेपाल सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपाले बताउँछन्। 

उनी भन्छन्, ‘अहिले जति पनि लगानीकर्ताले आईपीओमा आवेदन दिन्छन्, त्यसमा ९५ प्रतिशतले मेरो सेयरको माध्यमबाट दिएका छन्। बाँकी लगभग ५ प्रतिशत लगानीकर्तामात्रै बैंक तथा अन्य माध्यममा गएर आईपीओमा आवेदन दिन्छन्।’ हालसम्म आईपीओ भर्ने ४९ लाख ८० हजार लगानीकर्तामध्ये लगभग ४३ प्रतिशत महिला लगानीकर्ता रहेको न्यौपाने बताउँछन्। 

सेकेन्डरी मार्केटमा कारोबार गर्ने लगानीकर्ताको संख्या कति?
हालसम्म सेकेन्डरी मार्केटमा कारोबार गर्न भनेर यूजर आईडी लिनेको संख्या ११ लाख ७५ हजार पुगेको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुली बताउँछन्। उनी भन्छन्, ‘सेकेन्डरी मार्केटमा कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्दो छ।

हाल सेकेन्डरी मार्केटमा कारोबार गर्ने लगानीकर्ताको संख्या लगभग १२ लाख पुग्न लागेको छ भने दैनिक कारोबार गर्ने लगानीकर्ताको संख्या न्यूनतम ६० हजार देखि एक लाख २० हजारसम्म रहेको छ।’ यसैगरी सेकेन्डरी मार्केटमा कारोबार गर्ने ९५ प्रतिशत लगानीकर्ताले इडिएस मेरो सेयरको माध्यमबाट लगानी गर्ने गरेको नेपाल सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता न्यौपाने बताउँछन्। 

यसअघि खुलेको आईपीओमा २७ लाख भन्दा धेरै लगानीकर्ताले आवेदन दिएका थिए। यसैगरी, बुधबार खुलेको नेष्डो समृद्ध लघुवित्तको आइपीओमा ७८ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको सिडिएसका प्रवक्ता न्यौपाने बताउँछन्। सीडीएसका अनुसार बुधबार (फागुन ११ गते) साँझ ५ बजेसम्ममा ६ लाख ५७ हजार ७५ जनाले ७८ लाख ६८ हजार १५० कित्ताका लागि आवेदन दिएका छन्। 
 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
दोहोरो अंकले घट्यो नेप्से अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ ह... बिहीबार, पुस ३, २०८२
ताजा समाचारसबै
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
प्रदर्शनका कारण इरानमा उडान प्रभावित, राजधानीका कयौं क्षेत्रमा आगलागी शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्