काठमाडौं- चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता हेर्दा राम्रो भएपनि यसले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने भन्दै चिन्ता व्यक्त गरेकी छन्।
बुधबार नियमित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएकी हुन्। ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो? मलाई आश्चर्य लागेको छ। यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ? यो उपहार हो वा पान्डोराज बक्स?,’ उनले भनिन्, ‘यो एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो छ, तर चपाउन मासु जस्तै गाह्रो।’
अन्तर्राष्ट्रिय विकास सहयोग आपसी सहमति र समानताको सिद्धान्तमा आधारित हुनुपर्ने, सम्बन्धित देशको सम्प्रभुता र त्यहाँका जनताको इच्छाको सम्मान गर्नुपर्ने उनले बताइन्। यस्तो सहयोग दिँदा सम्बन्धित देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने चीनको धारणा रहेको उनको तर्क छ।
‘एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगरी राज्यको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ,’ उनले भनिन्, ‘अन्य देशको सार्वभौमसत्ता र हितलाई हानी पुर्याउने र कुनै पनि राजनीतिक अवस्था वा स्वार्थ जोड्नु हुँदैन।’
एक मित्रवत छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नै विकासको बाटो रोज्न सहयोग गरिरहने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।