काठमाडौं- बिहीबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
भोलिको प्रतिनिधि सभाका लागि दुईवटा सम्भावित कार्यसूची रहेका छन्। जसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल रहेको छ।
भोलिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तु गर्ने कार्यसूची तय भएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए।
गत आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।