काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बुधबार) बस्दैछ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका भातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुने एक नेताले बताए।
बैठकमा सभापति शेरबहादुर देउवा भने उपस्थित नहुने बताइएको छ। सभापतिको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले बैठक सञ्चालन गर्ने बताइएको छ।
केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ।
पदाधिकारी बैठकमा छलफल गरेर विधानमाथि सुझाव दिने उनले बताए। केही दिनदेखि जारी छलफलमा दलित संघ, महिला संघलगायत ६ वटा भ्रातृसंघको विधानमाथि छलफल गरेर सुझाव दिने नेता साउदले बताए।
कांग्रेसले भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको अधिवेशन विधानअनुसार गर्न नसक्दा आलोचना हुँदै आएको छ भने भातृसंघले गति लिन नसक्दा ऊर्जाहीन भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।