काठमाडौं– कलाकार तथा लोक गायक जयनन्द लामाको निधन भएको छ। लामाको निधन भएको अर्का कलाकार शिवहरि पौडेलले पुष्टि गरेका हुन्।
लामा बुधबार बिहानै मृत फेला परेका थिए। घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका हुन्।
लामाले नेपाली लोक सगीत क्षेत्रमा थुप्रै चर्चित गीत गाएका छन्। उनले ‘कलकत्ते काइँयो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’जस्ता थुप्रै लोक गीतहरुमा उनले आवाज दिएका छन्।
त्यस्तै, उनले बाँध, छक्कापञ्जाजस्ता फिल्महरुमा पनि अभिनय गरेका छन्। लामाले लामो समयसम्म टेलिभिजन श्रृङ्खलामा पनि उपस्थिति दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।