काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार पुगेका छन्। उनीहरूबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता जारी छ।
ओली केहीबेर अघि बालुवाटार पुगेको र अहिले कुराकानी भइरहेको उनका प्रेस संयोजक रामशरण बजगाईंले बताए। भेटमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी छन्।
संसद्मा टेबुल भएको एमसीसी पारित हुन नदिने रणनीतिमा सत्ता गठबन्धन दल माओवादी र एकीकृत समाजवादी लागेपछि देउवाले प्रतिपक्ष एमालेसँग संवाद अघि बढाएका छन्।
उसो त एमसीसी टेबल हुनुअघि पनि ओली र देउवाबीच भेटवार्ता भएको थियो। दुवैतिरका विश्वासपात्रमार्फत् समेत संवाद भएको थियो।
एमसीसीका विषयमा एमालेले भने कुनै धारणा सार्वजनिक गरिसकेको छैन।
आजै अपराह्न मात्र अमेरिकी राजदूत रेन्डी बेरीले एमाले अध्यक्ष ओलीलाई भेटेका थिए। उनीहरूबीच ओलीनिवास बालकोटमा भेटवार्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।