काठमाडौं- गण्डकी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन फागुन २६ गतेबाट आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सरकारले बिजनेश दिन नसक्दा असोज अन्तिम सातादेखि बैठक रोकिएको थियो।
गण्डकी मन्त्रिपरिषद् बैठकले २६ फागुनमा आह्वान गरिदिन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ।
हिउँदे अधिवेशन विधेयक अधिवेशनको रुपमा अघि बढ्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।