काठमाडौं– नेपाली कांग्रेस धनुषाको सभापतिमा दिनेश प्रसैला ‘यादव’ले उम्मेदवारी घोषणा गरेका छन्। उनले शेखर कोइराला समूहबाट सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
जनकपुरधाममा पत्रकार सम्मेलन गरी प्रसैलाले कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् उनी शेखर कोइरालाको आधिकारिक उम्मेदवार भएको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बताए।
प्रसैला पूर्वसांसद हुन्। प्रसैलाले आफू मात्र जिल्ला सभापतिका लागि योग्य रहेको बताए। उनले आफू सभापति भएपछि धनुषाको चारवटै प्रतिनिधिसभा सिटमा कांग्रेसले जित्ने दाबी गरे।
धनुषा सभापतिका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ। यसअघि नै पार्टी सभापति शेरबहादुर देउवाको समूहबाट सन्तोष यादव र विमलेन्द्र निधिको समूहबाट योगेन्द्र पञ्जियारले उम्मेदवारी घोषणा गरिसकेका छन्।
यादव जिल्ला उपसभापति छन् भने पञ्जियार क्षिरेश्वरनाथ नगरपालिकाका मेयर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।