काठमाडौं– बलिउडमा नातावादको विषय एउटा विवादित विषय हो। केही वर्षअघि बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि यो मुद्दा झन चर्चामा आएको थियो। हालसम्म पनि यो विषयको पक्ष र विपक्षमा बलिउड बाँढिएका छ। तर पनि बलिउडमा आफ्ना आफन्तलाई ल्याउने चलनमा कमि भएको छैन्।
यसमा अनिल कपुरको पनि नाम आउने भएको छ। अनिल कपुरका छोरा हर्षबर्धन कपुर पनि उनीसँगै फिल्ममा देखिन लागेका छन्। अनिल कपुरको आगामी फिल्म ‘थार’मा उनका छोरा हर्षबर्धनले पनि अभिनय गर्न लागेका हुन्।
अभिनेता अनिलले सामाजिक सञ्जालमार्फत आफ्नो फिल्ममा छोराले पनि अभिनय गर्ने घोषणा गरेका हुन्। उनका अनुसार फिल्ममा हर्षबर्धनसँगै अन्य कलाकारको पनि अभिनय रहनेछ। उनले लेखेका छन्, ‘मरुभूमिको बालुवामा दबाइएको रहस्य पनि अब कानुनको हातबाट बच्ने छैन। ‘थार’ अवश्य हेर्नुहोला।’
फिल्म छिट्टै ओटिटी प्लेटफर्म ‘नेटफ्लिक्स’मार्फत रिलिज हुनेछ। फिल्ममा अनिल र हर्षबर्धनसँगै फतिमा सना शेख र सतीश कौशिक पनि देखिनेछन्। अनिलका छोरा हर्षबर्धनले यसअघि ‘मिज्र्या’, ‘भावेश जोशी सुपरहिरो’लगायतका फिल्ममा अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।