• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एमसीसीमा एमाले धारणाविहीन बन्दाको जोखिम 

​​​​​​​असिम न्यौपाने मंगलबार, फागुन १०, २०७८  १७:५९
1140x725

केही दिनअघि प्रमुख प्रतिपक्ष नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सन्दर्भमा भनेका थिए– ‘एमसीसीमा एमालेको कुनै धारणा छैन। किनभने गठबन्धनबाट केही निर्णय भएको छैन।’ 

सरसर्ती हेर्दा यो भनाई सत्ता गठबन्धनलाई अप्ठेरो पार्न लक्ष्यित रहेको देखिन्छ। तर, यसको गहिरो अर्थ र सन्देश छ। जब देशको प्रमुख दल नै अहिलेको सबभन्दा ठूलो विषयमा धारणाविहीन हुन्छ, त्यसपछाडि भीडको मनोविज्ञान हावी हुन थाल्छ। भनिराख्नुपर्दैन, भीडसँग विवेक हुँदैन। भीडमा रोमाञ्चक मुद्दा हुन्छन्। भीडमा आक्रोश हुन्छ। लहड हुन्छ। आवेश हुन्छ। संवेग कम हुन्छ। भीडले नारा समात्छ तर त्यसलाई सम्बोधन गर्ने दृष्टिकोण र विधि भीडसँग हुँदैन। जब दल धारणाविहीन हुन्छन्, भीडमा उग्रवाद, अतिवाद, हिंसा रुचाउने पात्रहरुले खेल्न थाल्छन्। एमसीसी सम्झौताको विरोधमा भइरहेको उग्र प्रदर्शन त्यसको पछिल्लो उदाहरण हो।  

२०७६ माघ २५ गते तत्कालीन नेकपा (हाल एमाले)का अध्यक्ष केपी ओली शर्मा प्रधानमन्त्री र युवराज खतिवडा अर्थमन्त्री रहँदा एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा पेस गर्ने निर्णय मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको थियो। अहिले ‘एमसीसी संसद्‌मै किन पेस गर्नुपर्ने?’ भन्ने प्रश्न खासमा मन्त्रिपरिषद्को त्यही निर्णयपछि उठेको हो। यो नै आज एमसीसीको सन्दर्भमा सबभन्दा पेचिलो प्रश्न बनेको छ। 

किंकर्तव्यविमूढ जस्तो देखिए पनि मूलतः दलगत स्वार्थनिम्ति एमालेले अवलम्बन गरिरहेको यस्तो शैली र सत्ता गठबन्धनभित्रकै ‘रमिता’बीच एमसीसी सम्झौता आइतबार प्रतिनिधि सभामा पेस भएको छ। अब यसको छिनोफानो संसद्‌बाटै हुनेछ। तर, संसद्ले निर्णय गर्दा पनि एमाले वा अरु दलहरु ‘धारणाविहीन’ बनेमा त्यो अर्को खेलाँची हुनेछ।

एमालेको ‘राजनीति’
कतिपयको टिप्पणी छ– एमालेले एमसीसीमा निकृष्ट राजनीति गरिरहेछ। एमालेलाई राजनीति गर्न छुट छ। सरकार कमजोर बनाउन पनि छुट छ। सरकारको आलोचना गर्न अथवा गठबन्धन भत्काउने रणनीतिहरुमा एमाले अग्रसर हुनु अस्वाभाविक पनि होइन। तर, आफ्नै सरकारको नेतृत्वमा भएको निर्णयको स्वामित्व पनि एमालेले लिनु पर्दैन? त्यसमा जवाफदेही हुनुपर्दैन? 

मूलतः नेपालको विकासका लागि भनेर सुरु भएको एमसीसी अहिले भूराजनीतिसँगै जोडिइसकेको छ। भूराजनीति र नेपालको विकासको विषयमा एमाले अनिर्णित रहँदा के हुन्छ? त्यसको जवाफ स्पष्ट छ– एमालेकै कार्यकर्ता पंक्तिमा भीडले लगाएका नाराले विचार निर्माण गर्नेछन्। त्यसपछि पार्टीले आफ्नो वैचारिक धरातल गुमाउँदै जाने, लोकरिझ्याँई र भीडको हल्लाको समर्थनमा उभिने अवस्था सिर्जना हुनसक्छ। 

एमाले कुनै न कुनै हिसाबले त्यो ठाउँमा पुग्दैछ। एमसीसीको विपक्षमा उभिन ओलीमाथि संसदीय दलका बहुमत सदस्यहरुले दबाब दिएको स्वीकारोक्ति एमालेकै नेताहरुले गर्न थालेका छन्। २०७४ को आमनिर्वाचनभन्दा अगाडिदेखि नै एमसीसीको पैसा आउँछ र त्यो नेपालको विकासका लागि सहायक हुन्छ भन्ने मान्यता राखेको, आफ्नै मन्त्रिपरिषद्‌बाट एमसीसी सम्झौता अनुमोदनका लागि संसद्‌मा पेस गर्ने प्रस्ताव पारित गरेको, २०७६ असार ३० गते केपी ओली प्रधानमन्त्री रहँदा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले संसद् सचिवालयमा दर्ता गराएको एमसीसी सम्झौताबारे एमालेकै नेताहरुको धारणा यस्तो हुनु कुनै पनि मानेमा उचित होइन। 

एमालेको यस्तो रवैयाले के संकेत गर्छ? केपी ओलीको नेतृत्व, ईश्वर पोखरेलको अनुभव, सुवास नेम्वाङको कूटनीति, विष्णु पौडेलको समन्वय र शंकर पोखरेलका तर्कहरु भन्दा एमाले पंक्ति प्रचण्ड, विप्लव, ज्ञानेन्द्र शाही, सीपी गजुरेल, मोहन बैद्य, देव गुरुङ आदि नेताहरुले भीडमा छरेका चर्का नाराबाट प्रभावित हुन थालेका हुन्? के एमालेलाई भीडभन्दा फरक विचार राख्दा हामी अलोकप्रिय हुन्छौं भन्ने डर पैदा भएको हो? 

nimb
nimb

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले केही दिनअघि कान्तिपुर टेलिभिजनको फायरसाइडमा भनेका छन्– ‘यो एउटा सनसेट ल हो। आयोजना पाँच वर्षमा कार्यान्वयन भएपछि स्वतः सकिन्छ। यो कुनै १९५० को सन्धी जस्तो होइन। किन यत्रो ठूलो समस्या?’ 

उनले नेतृत्वको फितलोपनलाई इंगित गर्दै भनेका छन्– ‘हाम्रो सार्वभौमिकतामा असर पर्छ कि पर्दैन भनेर प्रश्न सोध्ने हामी पनि त सोध्ने नै हौं नि। त्यो कुनै कूटनीतिक भाषाको कुरा होइन। सडकमा आएका प्रश्नहरु संकलन गरेर उहाँहरुले बुझाइदिनु भयो। आफूले अध्ययन गरेर बुझ्नुपर्ने कुरा अरुलाई हाम्रो सार्वभौमिकतामा असर पर्छ कि पर्दैन भनेर सोधेर हुने विषय हो?’

एमसीसी गिजोलिएको सन्दर्भमा उनले भनेका छन्– ‘यूसएडबाट पनि नलिऔं, अन्य सम्बन्धहरु पनि तोडौं, दुईपक्षीय सम्बन्ध पनि तोडौं, हामीलाई मित्रराष्ट्रको विकास सहायता चाहिँदैन भनौं। त्यो सक्छौं हामी?’ 

युवराज खतिवडाको सन्देश प्रष्ट छ– एमसीसी गिजोलिँदा त्यसले विकास सहायतामा दूरगामी प्रभाव पर्छ। तर, अर्थशास्त्रमा गहिरो दख्खल भएका र कूटनीति मामिलामा समेत अनुभवी युवराज खतिवडाभन्दा सडक तताउन लागिपरेका उग्रवामपन्थी तथा अतिवादी धारका केही पूर्वमाओवादीहरु, सधैँ ढुलमुल माओवादीको वर्तमान नेतृत्व र समाजलाई कता डोहोर्‍याउने भन्ने भिजन नै नभएका ज्ञानेन्द्र शाहीहरुले छरेका भ्रम र झुटको चर्को आवाजबाट एमाले नेताहरु डराउन थालेका हुन्? 

उग्रवादीहरुको एउटा समान चरित्र हुन्छ, उनीहरु उग्रता र भाँडभैलोमै आफ्नो अस्तित्व खोज्छन्। नेपालको राजनीतिमा लगभग सान्दर्भिकता गुमाइसकेका विप्लव, सीपी गजुरेल, झलनाथ खनालदेखि राप्रपाका केही नेताहरुले एमसीसीलाई त्यही दिशामा लैजान खोजको देखिन्छ। 

यो अवस्थामा एमालेको अनिर्णय भनेको कार्यकर्ता तहमा उनीहरुले सृजना गरेका भ्रम तथा अजेण्डाहरु पुग्न मौका दिनु हो। यस्तो अवस्था स्वयं केपी ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेलहरुका लागि सुखद् हुनेछैन। भीडले नेतृत्वलाई डोर्‍याउन थाल्यो भने त्यसले क्षणिक आत्मतुष्टि मेटिएको सन्तोष त देला तर समाजलाई भने गैरतार्किक र उग्रतातर्फ डोर्‍याउँछ।  

यसको अर्थ यो होइन कि एमाले संसद्‌मा राजनीति गर्न स्वतन्त्र छैन। एमाले स्वतन्त्र छ। वर्तमान सभामुखले राजीनामा दिनुपर्ने माग उठाउने उसको दलको निर्णय नै हो। एमालेले भन्नुपर्छ, एमसीसीको सन्दर्भमा हाम्रो धारणा यो हो तर, हामीले संसद् यसकारण अवरुद्ध गरिरहेका हौं। जब एमालेको धारणा आउँछ तबमात्र ज्ञानेन्द्र शाही वा सीपी गजुरेलहरुले फैलाएका भ्रमहरुलाई एमाले कार्यकर्ता पंक्ति र आमजनताले चिर्न सक्छन्। 

यसको अर्थ यो होइन कि एमाले मात्रै जिम्मेवार बन्नुपर्छ। आजको नेपालमा अलिक जिम्मेवारीबोध गर्ने राष्ट्रिय दलहरु एमाले र कांग्रेस नै हुन्। ठूला दल पनि यिनै हुन्। त्यसकारण बढी जिम्मेवारी र जवाफदेहीबोध पनि यिनै दुई दलले गरिदिने हो भने सडकमा टाउको उठाउन प्रयास गरिरहेका उग्रवादी र राजावादी लगायतको स्वर आफैं मत्थर हुनेछ। यो किन पनि भन्नुपरेको हो भने हाम्रो सार्वभौमसत्तामा असर पर्छ कि पर्दैन भनेर विदेशीलाई सोध्ने, आफैंले अनुमोदन गर्छु भनेर पत्र पठाउने जस्ता नेताहरु भएको माओवादी जस्तो दलबाट जवाफदेही र जिम्मेवारीबोधको परिकल्पना गर्न सकिन्न।  

त्यसको भुक्तभोगी एमाले स्वयं छ। अहिलेका सबैजसो एमाले नेताहरु विगतमा प्रचण्ड, कृष्णबहादुर महरा, अग्नि सापकोटा लगायतसँग एउटै दलमा रहेर काम गरिसकेका छन्। तिनको चरित्र र नियत एमालेले जति गहिरोसँग अरुले कसरी बुझ्लान्? 

अन्त्यमा, कृष्णबहादुर महराले त आफूलाई बलात्कारको अभियोग लाग्दासमेत गाउँगाउँमा एमसीसीको विरोध गरेको कारणले मलाई फसाइयो भन्ने कथ्य निर्माण गर्दै हिँडे। सुवास नेम्वाङसहित एमालेका सबै शीर्ष नेताले बुझ्नुपर्छ– जब मूलधारका जिम्मेवार पार्टी तथा नेताहरुको धारणा हुन्न। त्यो नै समाजको भ्रष्टीकरण, उत्ताउलो अजेण्डाको बीजारोपण र उग्रवादी अजेण्डाको प्रस्थानविन्दु हुनसक्छ। 

प्रचण्ड र उनको दलका नेताहरुसहित अरु कैयौं उग्रवादीहरु नेपाललाई दूरगामी प्रभाव पर्ने भूराजनीतिक दलदलमा पुर्‍याउन जोडतोडले लागिरहँदा देशकै ठूलो दल धारणाविहीन बसिदिँदा त्यसले मुलुकको भविष्य कता लैजाला? एमालेको नेतृत्वपंक्तिले गम्भीरतापूर्वक सोच्नुपर्ने यही हो। 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे
हिमपहिरोपछि बनेको ताल खुम्चिँदै, फुटेर आउने जोखिम घटेको चिनियाँ अधिकारीको निष्कर्ष
सम्बन्धित सामग्री
महाविपत्तिमा सक्षम सरकारको खोजी अबको प्रश्न सरकार विपत्ति आउनुअघि कति तयार थियो, विपत्ति आउँदा कति सक्षम भयो र विपत्तिपछि नागरिकलाई कति सुरक्षित भविष्य दिन सक्छ भन्... शुक्रबार, भदौ १२, २०८३
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ जनकपुरबाट पत्रकारिता गर्नेमध्ये नेपालीजी जनकपुर, मिथिला र मधेशमा मात्र सीमित थिएनन्/छैनन्। उनी सम्पूर्ण नेपालमा आदरपूर्वक ‘नेपालीजी’... शुक्रबार, भदौ १२, २०८३
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै शनिबार, भदौ १३, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
हिमपहिरोपछि बनेको ताल खुम्चिँदै, फुटेर आउने जोखिम घटेको चिनियाँ अधिकारीको निष्कर्ष शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिबार, भदौ १३, २०८३
भोटेकोशी विपद्मा चीनको साथ : २० लाख डलरसहित सुरुङ उद्धारका लागि विज्ञका दुई टोली नेपाल आउँदै शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्