• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसीसी बल्ल ठिक ठाउँमा, विवेक परीक्षणमा सांसदहरु

64x64
किशोर दहाल आइतबार, फागुन ८, २०७८  २१:०९
1140x725

काठमाडौं– २०७६ असार ३० गते नै प्रतिनिधि सभामा दर्ता भएको अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) ३२ महिनापछि बल्ल सदनमा टेबल भएको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा टेबल भएपछि ५०० मिलियन अमेरिकी डलरको यो अनुदान सम्झौता एक पाइला अघि बढेको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सम्झौतालाई प्रतिनिधि सभामा टेबल गर्ने निर्णय गरेको थियो। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारकै प्रतिनिधि सभा बैठकमा सम्झौता टेबल हुने बताएका थिए। लगत्तै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबल गर्ने 'सहमति' बनेको हो। कार्यव्यवस्थामा माओवादी केन्द्रका तीन सांसद्हरु देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले भने लिखित असहमति पत्र राखेका थिए।

'राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चितता पनि नभएको र संसद् अवरुद्ध नै रहेकोले एमसीसी सम्झौता सदनमा टेबल गर्ने विषयमा हाम्रो गम्भीर अहसमति रहेको व्यहोरा अनुरोध गर्दछौँ', पत्रमा भनिएको छ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सहमति भइसकेकाले प्रतिनिधि सभाको बैठकमा सम्झौता टेबल गर्नका लागि सभामुख पनि बाध्य भएका थिए। प्रतिनिधि सभाको बैठकमा मन्त्री कार्कीले नै सम्झौता टेबल गरेका हुन्। बैठकको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले टेबल गर्ने भनिए पनि उनी 'बिरामी' भएपछि कार्कीले टेबल गरे।

एमसीसी टेबल भएपछि यसबारे विभिन्न सञ्चारमाध्यमदेखि सडकसम्म हुँदै आएको बहस अब सदनमा केन्द्रित हुने भएको छ। त्यसैलाई लक्षित गर्दै मन्त्री कार्कीले आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरुसँग भनेका थिए, 'यसमा जेजे प्रश्नहरु छन्, त्यसको बारेमा सार्वभौम संसद्‌मा सार्वभौम जनताबाट निर्वाचित प्रतिनिधिहरुले यसबारेमा सघन छलफल गर्नुहुनेछ। र एउटा निष्कर्षमा पुग्नुहुनेछ।'

एमसीसीका सन्दर्भमा देशको ठूलो जनसंख्याले आफ्नो धारणा पालेर बसेको थियो। तीमध्ये कतिपय स्वार्थप्रेरित र कतिपय भ्रामक सूचनामा आधारित छन् भन्ने प्रष्टै छ। ‘राष्ट्रवाद’को हिस्सा समेत बनेको यो सम्झौताका बारेमा जनताका प्रतिनिधिहरुले आफ्नो जिम्मेवार स्थान सदनमा उभिएर प्रश्न गर्न पाएका थिएनन्, सरकारको जवाफ पनि सुन्न पाएका थिएनन्। अब त्यो अवस्था अन्त्य हुने भएको छ। 'सडकमा पक्ष र विपक्षमा प्रतिक्रिया र विरोध भइरहँदा मुलुकले जवाफ दिन सक्दैनथ्यो। मुलुकले जवाफ दिनका निमित्त यो विषयलाई सदनमा पुर्‍याउनुपर्थ्यो। र आज त्यो संसद्‌मा पुगेको छ', कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू भन्छन्, 'अब यसलाई छलफलबाट एउटा निष्कर्षमा पुर्‍याउनुपर्छ। निष्कर्ष दिनुपर्छ।'

एमालेले सदन सञ्चालनमै आफ्नो विरोध कायमै रहने बताइसकेको छ। सो पार्टीका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई आफूहरुलाई संसदीय कामकारबाहीमा सहभागी गराउने वातावरण सिर्जना नगरिएकाले आफूहरुको अवरोध जारी नै रहने बताउँछन्। यद्यपि, आइतबारको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद् भीम रावलले एमसीसी सम्झौता टेबल गर्ने विषयमा विरोध गर्दै धारणा राखेका थिए।

तर, एमालेको विरोधले एमसीसी सम्झौतामाथिको छलफललाई तात्विक फरक नपार्ने संकेत गर्छन्, सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् गगन थापा। 'नाराबाजीको बीचमा पनि छलफल हुन्छ भन्ने कुरा त आज नाराबाजी गर्नेहरुले नै छलफलमा भाग लिएर यसलाई पुष्टि गरिसक्नुभयो। यसैगरी छलफल हुन्छ। अन्य विधेयकमा छलफल भएझैँ छलफल हुन्छ। र यो मतदानमा जान्छ', उनले भने।

nimb
nimb

प्रतिनिधि सभामा टेबल भइसकेको यो विषयमा अब सांसद्हरुको रचनात्मक छलफल र निष्कर्षको अपेक्षा छ। जनताले जुन ठाउँमा पुर्‍याएका थिए, जुन ठाउँमा उभिएर आफ्नो धारणा राख्ने जिम्मेवारी सुम्पिएका थिए, त्यो जिम्मेवारी पूरा गर्नुपर्ने उनीहरुको दायित्व छ। यसअघि ठाउँ र स्रोता अनुसार आफ्नो धारणा राख्दै आएका सांसद्हरुले अब त्यस्तो ठाउँमा आफ्नो धारणा राख्नुपर्ने छ, जहाँ बोलेका कुराको खास अर्थ छ र इतिहासमा अभिलेख हुनेछ।

अर्कोतिर, हाम्रो संसदीय प्रणाली र यसका मूल्यमान्यतालाई थप संस्थागत गर्न पनि यो विषय सदनमै पुगेर टुंगिन जरुरी थियो। यस्ता विषयमा सदनले नै निर्णय लिन सक्दा र कुशलतापूर्वक टुंग्याउन सक्दा यस्ता संस्था पनि परिपक्व बन्दै जाने हुन्छन्। तर, अहिलेसम्म यस्ता संस्थाको विवेक नै केही सीमित नेताले कब्जा गर्ने र सडकको भीडले नियन्त्रण गर्ने प्रयत्न भइरहेको थियो। सदनमा एमसीसी टेबल भएसँगै बल्ल सांसदले विवेक प्रयोग गर्ने अवस्था आएको छ।

एमसीसीकै कारण हाम्रो कूटनीतिक सम्बन्धमा देखिन थालेको संकट र शक्ति राष्ट्रको खेल मैदान हुनसक्ने खतराको उचित जवाफ दिन पनि संसद्‌ले यस विषयमा निष्कर्ष निकाल्नु उचित हुन्थ्यो। केही नेताहरुको सीमित स्वार्थले यो प्रक्रिया नै बन्धक बनेका कारण त्यो संकट र खतरा सन्निकट हुँदै गएको थियो। अब संसद्ले दिने विवेकपूर्ण निष्कर्ष नै त्यो अप्ठ्यारो अवस्थाको जिम्मेवारपूर्ण जवाफ हुनसक्छ। यद्यपि, यस सन्दर्भमा हाम्रा राजनीतिक खेलाडीले अतिरिक्त मेहनत गर्नुपर्ने देखिन्छ।

संसद्को विवेक प्रयोगको सन्दर्भमा लोकतान्त्रिक समाजवादीका सांसद् लक्ष्मणलाल कर्णको भनाइ सान्दर्भिक छ। उनी भन्छन्, ‘सरकारले टेबल गरिसकेको विषयलाई संसद्को सम्पत्ति भएको कारणले त्यसमाथि छलफल गर्ने, यसलाई पास वा फेल गर्ने सम्पूर्ण अधिकार सार्वभौम संसद्को भएका कारणले आजदेखि यो प्रक्रिया प्रारम्भ भएको छ।‘

शहरी विकास मन्त्री तथा एकीकृत समाजवादीकी सांसद् रामकुमारी झाँक्रीले एमसीसीका बारेमा सदनमा छलफल गर्नका लागि आफूहरुलाई समय उपलब्ध भएको बताइन्। 'यो समयलाई हामी प्रयोग गर्छौं र संकल्प प्रस्ताव लगायतका विषयमा विकल्प खोज्ने काम हुन्छ। त्यो कुराका लागि सरकारले सहजीकरणको काम गर्छ', उनले भनिन्, 'त्यसैले अब एमसीसी संसद्‌को सम्पत्ति भइसक्यो। यी विषयहरु संशोधन गर्ने र नगर्ने भन्ने कुरा अब सांसदहरुकै कोर्टमा बल गयो।'

मन्त्री झाँक्रीले भनेजस्तै सांसदहरुको कोर्टमा भएको बललाई उनीहरुले कुशलतापूर्वक गोल गर्ने आकलन धेरैले गरेका छन्। त्यो भनेको एमसीसी पास गर्ने वा फेल गर्ने उनीहरुमा नै निर्भर रहने विषय हो। त्यसका लागि उनीहरुले पक्ष वा विपक्षमा मत दिन सक्छन्। तर, एमसीसीको पक्ष वा विपक्षमा स्पष्टसँग प्रस्तुत नभएर सदनको बैठक बहिस्कार गर्ने, अनुपस्थिति जनाउने, नाराबाजी गर्ने र होहल्लामा नतिजा निकाल्न भूमिका खेल्ने जस्ता दोहोरो भूमिका अपनाउने र जनतालाई झुक्याउने खालका व्यवहार अराजनीतिक हुनेछ। साथै, बन्द कोठाका बैठकमा एकथरी धारणा र सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अर्कोथरी धारणा राख्ने काम चाहिँ जनता र आफ्नै पार्टीका नेता कार्यकर्तामाथि पनि धोका हुने छ। ‘अब सबैले आ-आफ्नो ‘डबल स्टान्डर्ड’ छाड्नुपर्छ। पक्षमा हो भने पक्षमा, विपक्षमा हो भने विपक्षमा। विपक्षमा मतदान गर्ने हो भने विपक्षमा मतदान गर्ने। आधाले विपक्षमा मतदान गरेजस्तो गर्ने, विपक्षमा लागे जस्तो गर्ने, आधाले पक्षमा लागेजस्तो गर्ने कुरालाई बन्द गर्नुपर्छ’, थापा भन्छन्।

सम्बन्धितः

कति गिजोल्ने हो एमसीसी : संसद्‍‌मै बहस गरेर टुंगोमा पुगे हुँदैन?

एमसीसी: सडकमा छताछुल्ल, सदनमा 'प्रवेश निषेध'

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको प... शनिबार, भदौ १३, २०८३
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
माथिल्लो त्रिशूली–३ ‘बी’का सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोलीलाई अनुमति, थाल्यो काम शनिबार, भदौ १३, २०८३
रसुवा बाढी अपडेट: मृतकको संख्या ६२६ पुग्यो शनिबार, भदौ १३, २०८३
लोककल्याणकारी विज्ञापनको रकम घटाउने सरकारी निर्णय विरुद्ध उभियो पत्रकार महासंघ, निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्