काठमाडौं– प्रतिनिधि सभाको बैठक केहीबरेमा बस्दैछ। बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता टेबल हुने भएको छ।
संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा यो विषय समावेश छ। कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले उक्त सम्झौता टेबल गर्नेछन्।
दर्ता भएको ३२ महिनापछि एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल हुने भएको हो। संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा सार्वजनिक सूचना अनुसार आजका तीन कार्यसूचीमध्ये तेस्रो नम्बरमा एमसीसीलाई राखिएको छ।
'मा अर्थमन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compect)' प्रस्तुत गर्नुहुने', कार्यसूचीमा भनिएको छ।
मन्त्रिपरिषद्को २०७५ माघ २५ को निर्णय अनुसार तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले २०७६ असार ३० गते प्रतिनिधि सभामा यो सम्झौता दर्ता गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।