काठमाडौं– सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको आइतबारको बैठकमा एमसीसी दर्ता हुने बताएका छन्। आइतबार बसेको सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले अब यसबारेमा सार्वभौम संसद्मा छलफल हुने बताए।
गठबन्धनका दलहरुले एमसीसी टेबल हुनुअघि निर्वाध रुपमा छलफल हुने वातावरण हुनुपर्ने बताउँदै आएका थिए। तर, संसद् अवरोध जारी राखेको नेकपा एमालेले संसद् अवरोध खुलाउने थप निर्णय नगरी सत्ता गठबन्धनमा नयाँ सहमति जुटेको हो। अवरोध बारे एमालेले जवाफ दिनुपर्ने मन्त्री कार्कीको भनाइ छ।
'एमसीसीलाई विगतको केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको हो। सरकारको अविच्छिन्न उत्तराधिकारीको रुपले हामीले आज टेबल गराउँछौँ। अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले त्यतिबेला सरकारमा हुनुहुन्थ्यो। आज त्यसको जवाफ दिनुपर्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।