काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुदान अनुमोदन नेपालको सार्वभौम निर्णय हुने बताएको छ।
शनिबार एक वक्तव्य जारी गर्दै दूतावासले ५० करोड डलर बराबरको यो अनुदान अमेरिकी जनताका तर्फबाट उपहार भएको पनि पुन: स्मरण गराएको छ।
'नेपाली नेताहरुले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रुपमा, र यो केवल नेपालको निर्णय हो,' दूतावासले आफ्नो वक्तव्यमा भनेको छ।
दूतावासले एमसीसीले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीको जीवनमा सुधार गर्ने पनि आफ्नो वक्तव्यमा उल्लेख गरेको छ।
'यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो, र यसलाई पारदर्शी रुपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ,' दूतावासको वक्तव्यमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।