काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका विषयमा जनताको स्तरमा बिरोध भइरहेकाले जस्ताको तस्तै सम्झौता पास गर्न नसक्ने अवस्थामा रहेको बताएका छन्।
शनिबार बसिरहेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले एमसीसी सम्झौताका दुई कुरामा ध्यान दिनुपर्ने बताए।
'एमसीसीका विषयमा जनताको स्तरमा बिरोध भइरहेकाले जस्ताको तस्तै पास गर्न सक्ने अवस्था छैन' बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, 'एमसीसीका विषयमा दुईवटा कुरामा ध्यान दिनुपर्छ। एउटा त्यसको कन्टेन्ट र अर्को जनभावना।'
उनले सर्वोच्चमा प्रधानन्यायाधीशविरुद्धको महाभियोग पछिल्लो परिस्थितिका कारण आएको बताए।
अध्यक्ष नेपालले आफूहरुको पहलकदमीमा गठबन्धन बनेकाले यसलाई जोगाउने दायित्व पनि आफूहरुको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।