काठमाडौं– प्रतिनिधि सभाको अर्को बैठक आइतबार बस्नेगरि स्थगित भएको छ।
आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गरेका थिए।
एमालेको अवरोधका बीच संसदको कारवाही सुरु भएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको तर्फबाट कानुन मन्त्री बडूलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने समय दिएका थिए।
एमालेको अवरोध कायमै रहेपछि आजको बैठक केहीबेर बसेर स्थगित भएको हो। अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।