काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध आज पनि जारी राख्ने भएको छ।
दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा आज पनि पार्टीको अवरोध जारी नै रहने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
‘हामीले उठाउदै आएको माग सम्बोधन नभइ संसद सुचारु हुने अवस्था छैन,’उनले भने,‘आज पनि अवरोध कायमै हुन्छ।’
नेकपा एमालेले संसद बैठक अघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि अनुपस्थित हुने भएको छ। यसअघिको बैठकमा पनि अनुपस्थित भएको एमाले आजको बैठकमा पनि अनुपस्थित हुने भएको हो।
आफूले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै निरन्तर संसद अवरोध गर्दै आएको एमालेले आज पनि यसलाई निरन्तरता दिने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।