काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा बैठकमा तत्काल एमसीसी टेबल गर्नु नहुने बताएका छन्।
पार्टीको शनिबार (फागुन ७मा) बस्ने केन्द्रीय कमिटी बैठकसम्म कुर्न उनले आग्रह गरेका हुन्। बिहीबार बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकमा पार्टीको बैठकले औपचारिक धारणा बनाउने भएकाले कुर्न आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए।
पार्टीको बैठकमा साथीहरूको धारणा सुनेरमात्र कसरी अगाडि बढ्ने भन्ने निर्क्योल हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।