• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्थानीय निर्वाचन रोक्न माग गरिएको रिटमा सर्वोच्चको आदेश के हो? यसले के असर गर्छ?

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ६, २०७८  २०:१४
1140x725

काठमाडौं– सर्वोच्च अदालतको एकल इजलासले स्थानीय तह निर्वाचन सम्बन्धी एक रिटमा अदालत प्रशासनले गरेको दरपिठ बदर गर्दै रिट दर्ता गर्न बुधबार आदेश दियो। न्यायाधीश ईश्वर खतिवडाको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएसँगै आउँदो वैशाख ३० गते तोकेको स्थानीय निर्वाचनबारे चर्चा र अन्योल दुबै सुरु भएको छ।

कतिपयले सरकारले तोकेको मितिमा निर्वाचन नहुने आशंका पनि व्यक्त गरिरहेका छन्। प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय निर्वाचन पर धकेल्ने राजनीतिक दाउपेच सुरु भएको भन्दै सामाजिक सञ्जालमार्फत आशंका व्यक्त गरेका छन्। महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहको रिट यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न नपर्ने भन्दै दरपिठ गरेको थियो। 

दरपिठ चित्त नबुझेमा इजलासमा निवेदन दिन पाउने सर्वोच्च अदालत नियमावलीको व्यवस्था अनुसार साह इजलासमा पुगेका थिए। यसरी इजलासमा आएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश खतिवडाले स्थानीय तहको निर्वाचन मिति तोक्ने कुरा संविधानको व्याख्याको विषय देखिएकाले यसलाई सर्वोच्च प्रशासनबाट भन्दा इजलासबाट व्याख्या हुनुपर्ने उपयुक्त देखे। उनले यही कुरा आफ्नो आदेशमा लेखे। 

२०७४ सालमा स्थानीय तहको निर्वाचन वैशाख, असार र असोजमा तीन चरणमा सम्पन्न भएको थियो। संविधानमा स्थानीय तहका पदाधिकारीको अवधि पाँच वर्षको हुने उल्लेख छ। यसरी हेर्दा संविधान अनुसार दोस्रो र तेस्रो चरणमा निर्वाचित पदाधिकारीले पाँच वर्षको पूरा कार्यकाल काम गर्न नपाउने भएको दाबी गर्दै साह सर्वोच्च पुगेका थिए।

सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीको अवधि कति हुने भन्ने विवादमा संवैधानिक रुपमा व्याख्या जरुरी भएको भनेको छ। न्यायाधीश खतिवडाले रिट निवेदक साह सरोकारवाला नै भएकाले उनले दर्ता गर्न ल्याएको रिट दरपिठ गर्ने प्रशासनको आदेश बदर गर्दै अदालतबाट व्याख्या हुनुपर्ने टिप्पणी गरेका हुन्। 

संविधानमा स्थानीय तहका पदाधिकारीको अवधि पाँच वर्षको हुने उल्लेख भएको तर ६ महिना बाँकी नै रहँदा सरकारले वैशाखमा निर्वाचन गर्न मिति घोषणा गरेको जिकीर साहले गरेका थिए। तर, सर्वोच्च प्रशासनले स्थानीय तह निर्वाचन सम्बन्धी ऐनअनुसार वैशाखमै कार्यकाल समाप्त भएको देखिएको भन्दै दरपिठ गरेको थियो। रजिष्ट्रार नारायण पन्थीले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेका थिए। 

‘यसप्रकारको स्थानीय तहका पदाधिकारीको पदावधि कहिलेसम्म रहने हो, अर्थात कुन मितिमा पदावधि समाप्त हुने हो भन्ने संविधान र कानुनमा रहेका प्रावधानको व्याख्या गरी निरुपण गर्नुपर्ने हुन्छ’, न्यायाधीश खतिवडाको आदेशमा भनिएको छ, ‘यस्ता विवाद न्यायिक विवेक प्रयोग गरी इजलासबाट सुनुवाइ भई निरुपण हुनु नै मनासिब हुन्छ। संविधान र कानुनको व्याख्या सम्बन्धी यसप्रकारको विषयलाई न्यायिक प्रक्रियामा प्रवेश नै नपाउने गरी प्रशासनिक तहबाट नै निवेदन दरपिठ गरी टुंग्याउनु उचित देखिँदैन।’ 

nimb
nimb

अब के हुन्छ?
अदालतको यो आदेशसँगै बुधबार साहको रिट प्रशासनले रिट शाखामा दर्ता गरेको छ। उक्त रिट अब एकल इजलासमा पेसी चढ्ने छ। एकल इजलासले कारण देखाऊ आदेश जारी गर्ने, अन्तरिम आदेश जारी गर्ने वा संवैधानिक इजलासमा पठाउनेबारे निर्णय लिने छ। 

सर्वोच्चले कारण देखाऊ आदेश मात्र जारी गरेमा विपक्षीहरु लिखित जवाफ लिएर इजलासमा अर्को सुनुवाइमा उपस्थित हुने छन्। सर्वोच्चको एकल इजलासले संवैधानिक इजलासबाट व्याख्या हुनुपर्ने भन्दै संवैधानिक इजलासमा तोक्नु भनी आदेश गरेमा प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासमा जाने छ।

संवैधानिक इजलासले फेरि पेसी तोक्दै सुनुवाइ गर्ने छ। यो पनि नगरी एकल इजलासले अन्तरिम आदेश जारी गरेमा भने वैशाख ३० मा गर्ने भनिएको स्थानीय तहको निर्वाचन प्रभावित हुने छ। अन्तरिम आदेश जारी गर्दा सर्वोच्चले केही कामकारबाही रोक्न भनेमा मात्र निर्वाचनको तयारीका कार्यक्रमहरु रोकिनेछन्। नत्र, रोकिने छैन। यसपछि मात्र सर्वोच्चले उक्त रिटमा सुनुवाइ गर्दै संविधान र स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थाको व्याख्या गर्ने छ। 

सर्वोच्चले २०७४ मा तीन चरणमा भएको निर्वाचनलाई कुन मितिमा सम्पन्न भएको मान्ने भन्ने विवादमा पनि निकास दिने छ। सर्वोच्चले दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका पदाधिकारीको हकमा अन्याय हुने ठहर गरेमा वैशाख ३० गते सरकारले घोषणा गरेको निर्वाचनका बारेका संवैधानिक निकास दिने छ। सर्वोच्चले एकै चरण सम्पन्न भएको र उक्त मिति सुरुको निर्वाचन भएको मितिलाई मानेमा वैशाखमा निर्वाचन गर्न कुनै कानुनी बाधा पर्ने छैन। 

प्रभावित हुन्छ वैशाखको निर्वाचन?
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल ट्विटरमा अदालतको आदेश राख्दै लेखे- ‘कानुनको छिद्रमा खेल्दै स्थानीय निर्वाचन पर धकेल्ने राजनीतिक दाउपेचमा अदालतलाई प्रयोग गर्न खोजिएको हो?’ 

कानुनको छिद्रमा खेल्दै स्थानीय निर्वाचन पर धकेल्ने राजनीतिक दाउपेचमा अदालतलाई प्रयोग गर्न खोजिएको हो ? pic.twitter.com/Ymi510xgPT

— Pradeep Gyawali (@PradeepgyawaliK) February 16, 2022

तर, वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले सर्वोच्चले यो संविधानको व्याख्याको विषय हो भनेर स्वीकार गरेको टिप्पणी गरे। यद्यपि, यो रिट दर्ता गर्ने कि दरपिठ सदर गर्ने विषयमा मात्र केन्द्रित आदेश भएको बताए। 

‘अहिले  रिट दर्ता गर्न आदेश हो। यसले निर्वाचन नै रोकिन्छ भन्ने होइन’, ज्ञवालीले भने, ‘अब एकल इजलासमा दर्ता भएपछि फेरि संवैधानिक इजलासमा जान्छ कि त्यहीँ सुनुवाइ हुन्छ वा संवैधानिक इजलासले उचित देखेर संविधानको व्याख्या गर्दा जे पनि हुनसक्छ।’ 

उनले निर्वाचन रोक्न वा निर्वाचनमा बाधा पर्ने केही कार्य यो आदेशले गर्छ भनेर व्याख्या गर्न अहिले नै नमिल्ने बताए। ‘अहिले नै यो आदेशले निर्वाचन रोक्छ भनेर गरिने व्याख्या र शंका गलत हो’, ज्ञवालीले भने, ‘यो त भर्खर रिट दर्ताको प्रक्रियामा गएको छ, भोलि खारेज हुने सम्भावना पनि बाँकी छ।’ 

नेपाल बारका पूर्वमहासचिव सुनिल कुमार पोखरेलले पनि सामाजिक सञ्जालमा स्थानीय तह निर्वाचनबारे भइरहेको गलत बहसलाई प्रष्ट पार्दै यो सामान्य न्यायिक अभ्यास मात्र भएकाले अन्यथा व्याख्या नगर्न आग्रह गरे। उनले सामाजिक सञ्जाल ट्विटरमै आदेशको फोटो राख्दै लेखेका छन्- ‘यो आदेश इजलासले व्याख्या गर्नुपर्ने विषय रजिष्टार (प्रशासन) बाट गर्न मिल्दैन भन्नेसम्म हो। यो हाम्रो सामान्य न्यायिक अभ्यासमा छ। स्थानीय तहको निर्वाचन रोकिने भो भन्नु गलत हो।’

यो आदेश "ईजलासले व्याख्या गर्नु पर्ने बिषय रजिष्टार(प्रशासन) बाट गर्न मिल्दैन" भन्ने सम्म हो । यो हाम्रो सामान्य न्यायिक अभ्यासमा छ। स्थानिय तहको निर्वाचन रोकिने भो भन्नु गलत हो है मित्रहरु । pic.twitter.com/pO3t89Kzx5

— Sunil Pokharel (@sunil_pokharel) February 16, 2022

एमाले नेता ज्ञवालीको शंकापछि उनलाई जवाफ दिँदै अधिवक्ता मुरारी सापकोटाले थप प्रष्ट पार्ने प्रयास गरेका छन्। ‘रजिष्टारको दरपिठ आदेशलाई सदर गर्ने वा बदर गर्ने भन्ने अधिकार इजलासलाई मात्र हुन्छ। र, यो व्यवस्था कानुनमा नै छ’, उनले लेखेका छन्- ‘रिट दर्ता गर्ने आदेश हुँदैमा निवेदन मागदाबी बमोजिम  नै हुन्छ भन्नु पूर्वानुमान बाहेक केही होइन। यो आदेशले आत्तिनु पर्ने छैन।’ 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  २०:१४
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्