फाइल तस्बिर
काठमाडौं– नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' एवम् प्रतिनिधिसभा सदस्य झलनाथ खनालले एमसीसी पास गर्ने कुरामा बल प्रयोग गरेर नहुने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। ‘असहमति भएको विषयमा बल प्रयोग गरेर हुँदैन,’उनले भने,‘धाकधम्की दिएर हुँदैन।’
उनले एमसीसीका विषयमा असहमति भएको विषयमा गठबन्धन दल, सकड र सदनमा पनि विरोध हुने प्रष्ट पारे।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनाल सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताका सन्दर्भमा अध्ययन गर्न र साझा धारणा बनाउन भनेर गठन गरेको कार्यदलका संयोजक हुन्। अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको अनुदान सम्झौता संसद्मा पेस गर्ने सम्बन्धमा सत्तारुढ गठबन्धनकै दलहरुबीच एकमत छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।