काठमाडौं- कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।
आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्नका लागि बैठक बसिरहेको हो।
संघीय संसद नयाँ बानेश्वरस्थित शंकर हलमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक बसिरहेको हो।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले बाहेकका दलहरु सहभागी छन्। एमाले भने सभामुखले बोलाएको बैठकमा सहभागी नहुने भन्दै कार्यव्यवस्थाको बैठकमा सहभागी नभएको हो।
सरकारले आजको संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको छ। तर सभामुख सापकोटाले भने सर्वसम्मती नभइ एमसीसी टेबल गर्न नसक्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार टेलिफोन गरि उनले यस्तो बताएका हुन्।
माओवादी केन्द्रको संसदीय दलको बैठकले समेत एमसीसी जबरजस्ती टेबल गरिए सरकार छाड्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।