काठमाडौं- नेपाली कांग्रेसले एमसीसीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ। मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सात पृष्ठको धारणा सार्वजनिक गरेको हो।
कांग्रेसले नेपाली कांग्रेसले 'मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुदान सहायता सम्झौतालाई प्रतिनिधि सभामा यथाशीघ्र लैजानुपर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसले सभामुखले कुनै पनि बहानामा एमसीसी रोक्न नमिल्ने निर्णय गरेको छ। त्यस्तै, कांग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनका लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको पनि बताएको छ।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।