• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चीन र अमेरिका दुवैसँग सम्बन्ध, दुवैबाट सहयोग लिनुपर्छ

निलाम्बर आचार्य  बुधबार, फागुन ४, २०७८  १०:१०
1140x725

जब आन्तरिक अवस्था बलियो हुँदैन, तब बाह्य सम्बन्ध राम्रोसँग सञ्चालन हुन सक्दैन। देश अस्थिरतामा हुँदा बाह्य सम्बन्धमा ध्यान पुग्दैन। त्यस बेला अन्य देशसँगको सम्बन्ध कमजोर हुन पुग्छ। बाह्य समुदायले अस्थिर देशलाई कम विश्वास गर्छन्। अस्थिर देशप्रति मित्र राष्ट्र र अन्तर्राष्ट्रिय निकायको दृष्टिकोण सकारात्मक हुँदैन। 

अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राजनीतिक दलहरू एकै ठाउँमा उभिन जरुरी हुन्छ। बाह्य सम्बन्ध राम्रो हुनु हाम्रो जस्तो विकासोन्मुख देशका लागि अति आवश्यक छ। हामीले विदेशी सहयोग, अनुदान र ऋणमा विकासका कार्य सञ्चालन गर्नुपर्ने हुन्छ। नत्र नेपालको विकासमा अन्तर्राष्ट्रिय असहयोग हुने निश्चित छ। त्यस्तो असहयोग भए विकासका ठूला पूर्वाधार निर्माण गर्न सक्दैनौँ। बाह्य सम्वन्ध राम्रो भए आन्तरिक सम्बन्ध सुधार गर्न पनि सहयोग पुग्छ।

हाम्रो परराष्ट्र सम्बन्धको मुल्य, मान्यता र आधार भनेको संविधान नै हो। देशको हित र क्षेत्रीय अखण्डताको कुरा संविधानमा उल्लेख छ। संयुक्त राष्ट्रसंघको बडापत्रदेखि हामीले लिँदै आएको नीतिमा आधारित रहेर परराष्ट्र सम्बन्ध बनाउनुपर्छ। बाह्य सम्वन्ध र संसदका बीचमा के सम्बन्ध छ भन्ने पनि बुझ्न जरुरी छ। हामी संसदीय अभ्यासमा छौँ। संसदको शासनमा संविधानको सर्वोच्चता हुन्छ। प्रधानमन्त्री र मन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ। किनकि, त्यही संसदले उनीहरूलाई बनाएको हुन्छ।

अन्तर्राष्ट्रिय सन्धि सम्झौता संसदमा आउने विगतदेखिकै अभ्यास हो। संसदमा नआई गोप्य सन्धि सम्झौता हुन सक्दैन। हिजो हुन्थ्यो होला, तर आज हुन सक्दैन र हुनुहुँदैन। संसदमा छलफल नभइ सरकारले कुनै सन्धी वा सम्झौता गरेर त्यसलाई कार्यान्वयन गर्न सक्दैन। संसदमा नआएको गोप्य सन्धि सम्झौता मान्न सकिँदैन। मुलुकका आधारभूत हितबारे संसदमा जानकारी हुनुपर्छ। जनताका प्रतिनिधिले त्यसबारे बोल्न, जान्न र छलफल गर्न पाउनुपर्छ। यो सार्वजनिक रुपमा बहस हुनुपर्छ। तर, संसदीय अभ्यास बाहिर गरिने छलफलले अर्थ राख्दैन। संसदभित्र हुने छलफलले मात्र त्यसलाई वैधानिकता दिन्छ। 

यसमा मेरा पनि केही प्रश्न छन्। नेपाल कत्रो छ? हामी ‘सानो छ, सानो छ’ मात्रै भन्दै आएका छौँ। के साँच्चै हामी नेपाल सानो छ भन्ने मानसिकतामा मात्र कुदेका छौँ? मेरो विचारमा नेपाल सानो छैन। विश्वका अरु देशमध्ये नेपाल पनि एउटा देश हो। सानो र ठूलो भन्ने होइन। लघुताभास लिनु जरुरी छैन। संयुक्त राष्ट्रसंघअन्तर्गतको एउटा देश नेपाल पनि हो। हामीले विश्वबाट के लिन सकिन्छ लिने र के दिन सकिन्छ दिने हो। त्यसैले हरेक देशसँग बराबरीको सम्बन्ध राख्नुपर्छ। 

हामीले पनि समुन्द्र सतह प्रयोग गर्न पाउनुपर्छ भन्ने कुरा उठाइरहेका छौँ। अन्तर्राष्ट्रिय क्षेत्रमा भारत र चीनले पनि नेपालबाट धेरै फाइदा उठाएको छ। भारतको विकासमा नेपालीहरूको योगदान धेरै ठूलो छ। श्रमदेखि सीपसम्म हामीले भारतलाई दिइरहेका छौं। हामीले हाम्रा सम्बन्धलाई दुई पक्षीय आधारमा हेर्नुपर्छ। हाम्रो राष्ट्रिय हितलाई केन्द्रमा राखेर हेर्नुपर्छ।

हामी असंलग्नताको सिद्धान्तमा रहिआएका छौँ। त्यसैले चीन र भारतका आँखाबाट दृष्टिकोण बनाउन मिल्दैन। लोकतन्त्र, स्वाभिमान र सन्तुलित सम्बन्धलाई हामीले ख्याल गर्नुपर्छ। चीन र भारतको संवेदशीलता पनि हेर्नुपर्छ र त्यही रूपमा सम्बन्ध राख्नुपर्छ। अमेरिकासँग पनि गर्ने यही हो। जुन देशसँग सम्बन्ध बनाउने हो, त्यही देशको दृष्टि प्रयोग गर्ने हो। एक देशलाई अर्को देशको दृष्टिले हेरेर सम्बन्ध निर्धारण गर्नुहुँदैन।

नेपालको विकास गर्ने पहिलो शर्त गरिबी हटाउनु हो। यसका लागि नेपाल एक्लै वा वैदेशिक सहयोगविना संभव छैन। नेपालका नागरिकहरुको इज्जत जोगाउँदै र प्रतिष्ठा कायम गदै विश्वसँग सम्बन्ध राख्न जरुरी छ।

Ncell 2
Ncell 2
nimb
nimb

कुनै समय थियो, जति बेला विश्व दुई धुव्रमा थियो। तर अहिले परिस्थिति फेरिएको छ। नेपाल पनि विश्वको एउटा देश हो। आकार, सम्पत्ति र सामर्थ्यमा उनीहरु ठूला होलान्, तर हामी आफ्नो भू-भाग मात्र होइन, ‘पोजिसन’ पनि बोकेको देश हौँ। चीन विश्वशक्ति राष्ट्रको रूपमा उदाइरहेको छ। यो अवस्थामा कि अमेरिकासँग लाग्ने, कि चीनसँग भन्ने हुँदैन। जुन देशबाट जति सम्भावना हुन्छ त्यही अनुसारको सहयोग लिने हो। चीन र अमेरिका दुवैसँग सहयोग लिनुपर्छ र सम्बन्ध राख्नुपर्छ। 

गरिब मुलुकलाई अझै गरिब पार्ने काम हुन सक्दैन। अहिले कोरोनाको खोपमा यो कुरा झन् देखिएको छ। सम्पन्न देश खोप बेचेर अझ धनी भए। तर, गरिब देशहरूले खोप महङ्गोमा खरीद गरेर नागरिकलाई लगाउन बाध्य भए। यसले धनी र गरिब देशबीचको खाडल बढायो। यसमा पनि कतिपय देशले कुटनीतिक सम्बन्धलाई प्रयोग गरे।

नेपालले आन्तरिक  र बाह्य रूपमा आफूलाई बलियो पार्न सकेन भने असफल हुने दिशामा जानेछ। नेपालीहरूको अवस्था माथि उठाउन नसके जनतामा असन्तुष्टि बढ्ने छ। विगतमा १० वर्षसम्म चलेको हिंसाले हामीलाई कति वर्ष पछाडि धकेल्यो? यो हिंसा नभएको भए हामी केही अगाडि बढ्ने थियौँ। हिंसाको कारण छ। हाम्राबीचमा असमानता र गरिबी बढ्यो। अनि असन्तुष्टि चुलिएर हिंसा भयो।

हामीले अन्तर्राष्ट्रिय सम्बन्धलाई जति फैलाउछौँ, त्यही राम्रो हुन्छ। यो खुम्चिएर राम्रो हुने होइन। चीन र भारतबीचबाट हामी अघि बढिरहेका छौँ। यो भौगोलिक यथार्थता हो। तर, योभन्दा बाहिर जान हुँदैन भनेर ‘आइसोलेसन’मा बस्न हुँदैन। हामीले रसियादेखि अमेरिकासम्म र अन्य कुनै पनि देशले जति दिन्छन् त्यहीअनुसार लिएर नेपालको विकासमा लगाउनुपर्छ। एमसीसीलाई यही रूपमा लिन जरुरी छ। 

हामीले संसदलाई विश्वास गर्ने हो। यदि यो विश्वसनीय छैन भने विघटन गरेर नयाँ ल्याउने हो। यसलाई विश्वास नगरेर बाहिर हहस गर्ने होइन। संसदमा छलफल गर्नुपर्छ। संसदमा हुने छलफलसगै नागरिकले पनि छलफल गर्छन्, अनि प्रभावित पार्न पनि सक्छन्। चीन र भारत बाहिर सम्बन्ध राख्दैमा तर्सनुपर्ने म देख्दिनँ।

(‘संसदीय अभ्यास र बाह्य सम्बन्ध’ विषयमा ज्ञान गोष्ठिले आयोजना गरेको कार्यक्रममा व्यक्त विचारको सम्पादित अशं)

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्