काठमाडौं– बलिउड अभिनेत्री आलिया भट्टको आगामी फिल्म ‘गंगुबाई काठियाबाडी’को बर्लिन फिल्म फेस्टिबलमा विशेष प्रदर्शन हुने भएको छ। फिल्मको निर्माण पक्षले दिएको जानकारीअनुसार आलियाको फिल्मलाई महोत्सवमा विशेष शो उपलब्ध गराइएको छ।
‘गंगुबाई काठियाबाडी’ आलियाको करिअरकै महत्त्वपूर्ण फिल्मको रुपमा हेरिएको छ। उनले अभिनय गर्ने फिल्मभन्दा फरक किसिमको यो फिल्मलाई लिएर दर्शकले उनीबाट निकै अपेक्षा पनि गरेका छन्। यसबीच बर्लिन फिल्म फेस्टिबलजस्तो प्रतिष्ठित कार्यक्रममा आलियाको फिल्मको विशेष प्रदर्शनी हुनु आफैंमा सुखद कुरा देखिएको छ।
गंगुबाई काठियाबाडी आगामी फेब्रुअरी २५ मा सिनेमा हलमा प्रदर्शन हुँदै छ। यो फिल्म सञ्जय लिला भन्सालीको निर्देशनमा बनेको फिल्म हो। फिल्मको कथा पनि उनैले लेखेका छन्।
फिल्म ‘माफिया क्वीन अफ मुम्बई’ नामक एस हुसैन जैदीको पुस्तकमा आधारित रहेर बनेको छ। फिल्ममा जंजा हर्जिबनदासको जीवनको कथालाई देखाइएको छ।
आलियासँगै फिल्ममा विजय राज, इन्दिरा तिवारी, सिमा पाह्वा, बरुण कपुरलगायत कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।