काठमाडौं– सत्ता गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जसरी पनि पास हुनुपर्ने धारणा राखेको छ। कांग्रेस संसदीय दलको बैठकमा बोल्ने सांसदहरुले एमसीसी परियोजना पास हुनुपर्ने धारणा राखेका हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंशाक कोइरालाले आजको बैठकमा बोल्ने सांसदहरुले एमसीसी पास हुनुपर्ने धारणा राखेको जानकारी दिए।
‘आजको बैठकमा बोल्ने सबैको धारणा एमसीसी पारित हुनुपर्छ भन्ने नै हो। रामशरण महतले एमसीसीका बारेमा प्रष्ट पार्नुभयो, ’उनले भने, ‘यो परियोजना नेपालकै हितमा छ। अमेरिकी सेना आउने भन्ने भ्रम मात्रै सिर्जना गरिएको हो।’
बुधबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा एमसीसी परियोजना टेबल हुने सम्भावना बढेकोसमेत कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।