फाइल तस्बिर
काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) पनि बस्दैछ। माघ २७ गतेदेखि जारी बैठक २८ र पुस १ गते पनि बसेको थियो। पूर्वनिर्धारित अजेन्डाबाहेक समसामयिक राजनीतिक घटनाक्रममा समेत छलफल केन्द्रित भएपछि बैठक लम्बिएको हो।
आजको बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ। ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले बैठकमा धारणा राखिसकेका छन्। आजको बैठकमा बाँकी सदस्यले धारणा राख्ने र अजेन्डामाथि निर्णय हुने पार्टी प्रवक्ता प्रकानशशरण महतले बताए।
कांग्रेसले गत माघ १४ गते केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो। सभापतिसहित १३ पदाधिकारी स्वतः कार्यसम्पादन समितिमा रहन्छन्।
बैठकको मुख्य एजेन्डा भातृ तथा शुभेच्छुक संस्थाहरूको विधान र नेतृत्वका विषयमा छ। त्यसैगरी, रोकिएका जिल्ला अधिवेशन सम्पन्न गर्ने विषयसमेत रहेको थियो। यसबारे बैठकले फागुन १३ गते गर्ने निर्णय गरिसकेको छ।
सत्तारुढ गठबन्धनको नेतृत्व गरेको कांग्रेस लगायत माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले प्रधानन्यायाधीश विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन्। मंगलबारको बैठकमा यो विषयमा पनि चर्चा हुने कांग्रेस नेताहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।