• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

वित्तीय संस्थाले बढाए ब्याजदर, अब वाणिज्य बैंकमै निक्षेपमा ११.३ प्रतिशत ब्याज पाइने

64x64
सुमित्रा कार्की सोमबार, फागुन २, २०७८  ११:५६
1140x725

काठमाडौं– फागुन महिनाको लागि बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर बढाएका छन्। फागुन १ गतेबाट लागु हुने गरी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले निक्षेपको ब्याजदर बढएका हुन्। 

२७ वटै वाणिज्य बैंकले बचतको ब्याजदर बढाएको सूचना सार्वजनिक गरेका छन्। यसअघि गत शुक्रबार बैंकर्स संघले बचतकर्तालाई दिने ब्याजदर बढाउने निर्णय गरेको थियो। संघको निर्णयसँगै बैंकहरुले ब्याजदर बढाएका हुन्। 

बैंक तथा वित्तीय संस्थाले हरेकमहिना बचतमा दिने ब्याजदर र कर्जामा लिने ब्याजदर तोक्न पाउँछन्। बेसरेटमा आधारित रहेर ब्याजदर बढाउने वा घटाउने निर्णय गरेको सूचना अघिल्लो महिनाको मसान्तभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ। 

नेपाल राष्ट्र बैंकले ३ महिनाअघि दोहोरो अंकमा ब्याज नबढाउन वाणिज्य बैंकहरुलाई सर्कुलर जारी गरेको थियो। तर, अहिले भने राष्ट्र बैंकबाटै ब्याजदर बढाउन दबाब आएको एक बैंकरले बताए। निक्षेपको ब्याज नबढाउने हो भने राष्ट्र बैंकले दिने स्थायी तरलता सुविधा (एसएलएफ) को दर बढाउने भनेपछि बैंकर्स संघले शुक्रबार निक्षेपको ब्याजदर बढाउने निर्णय गरेको उनको भनाइ छ। अहिले राष्ट्र बैंकले बैंकहरुलाई दिने एसएलएफको ब्याजदर ५ प्रतिशत छ।

फागुन १ गतेबाटै लागु हुनेगरी विकास बैंक तथा फाइनान्स कम्पनीले पनि बचतको ब्याजदर बढाएका छन्। वाणिज्य बैंकले विकास बैंक तथा फाइनान्स कम्पनीको भन्दा धेरै बचतको ब्याजदर बढाउँदा विकास बैंक तथा वित्त कम्पनीको बचतमा आउने पैसा घट्ने भएकाले ब्याजदर बढाइएको एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बताउँछन्। 

Ncell 2
Ncell 2

कुन वाणिज्य बैंकले बचतमा कति ब्याज दिन्छन्?
२७ वाणिज्य बचतको ब्याजदर बैंकले औसत १०.९७ प्रतिशत दिने गरी सूचना सार्वजनिक गरेका छन्, जसमा २६ बैंकले बचतको ब्याजदर ११.३ प्रतिशत दिने गरी सूचना सार्वजनिक गरेका छन्। कृषि विकास बैंक, नबिल, नेपाल बंगलादेश, सानिमा, मेगा, सिभिल, सिटिजन्स, हिमालयन, नेपाल इन्भेष्टमेन्ट बैंकले बचतकर्तालाई निक्षेपको ब्याज ११.३ प्रतिशत दिने सूचना सार्वजनिक गरेका छन्। 

यसैगरी, ग्लोबल आइएमई, कुमारी, लक्ष्मी, माछापुच्छ्रे, एनसीसी, एनएमबि, एनआईसी एसिया, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, सनराइज, बैंक अफ काठमाण्डू, नेपाल एसबिआई, सेन्चुरी, एभरेष्ट र सिद्धार्थ बैंकले बचतको ब्याजदर ११.३ प्रतिशत दिने निर्णय गरेका छन्। 

सबैभन्दा थोरै ब्याजदर दिने बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। यस बैंकको बचतको ब्याजदर भने ९.५० प्रतिशत रहेको छ।

विकास बैंकले कति दिन्छन् ब्याज?
विकास बैंकहरुले पनि निक्षेपको ब्याजदर बढाएका छन्। आइतबारदेखि लागु हुने गरी विकास बैंकहरुले निक्षेपको ब्याजदर अधिकतम ११.६५ प्रतिशतसम्म कायम गर्ने निर्णय गरेका छन्। यसअघि वाणिज्य बैंकहरुले यस्तो ब्याजदर अधिकतम ११.०३ प्रतिशत थियो। 

नेपाल राष्ट्र बैंकको नियमानुसार विकास बैंकले ११.६५ प्रतिशतसम्म ब्याजदर दिने डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष एवं मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेलले बताए। ब्याजदर वृद्धिको निर्णयसँगै राष्ट्रियस्तरको विकास बैंकका बचतकर्ताले ११.५५ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकको ब्याजदर ११.६५ प्रतिशत ब्याजदर पाउने पोखरेलको भनाइ छ।

फाइनान्स कम्पनीले कति दिन्छन्?
फाइनान्स कम्पनीले पनि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। फागुनका लागि प्रायः सबै फाइनान्स कम्पनीले व्यक्तिगत मुद्दतीमा अधिकतम ११.७१ प्रतिशत र संस्थागतमा १०.७१ प्रतिशतसम्म ब्याजदर तोकेको नेपाल वित्त संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए। उनका अनुसार रेमिट्यान्स एकाउण्टमा राष्ट्र बैंकको व्यवस्था अनुसार १ प्रतिशत बढी ब्याजदर दिँदा १२.७१ प्रतिशत कायम हुनेछ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ११:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्