• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

वित्तीय संस्थाले बढाए ब्याजदर, अब वाणिज्य बैंकमै निक्षेपमा ११.३ प्रतिशत ब्याज पाइने

64x64
सुमित्रा कार्की सोमबार, फागुन २, २०७८  ११:५६
1140x725

काठमाडौं– फागुन महिनाको लागि बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर बढाएका छन्। फागुन १ गतेबाट लागु हुने गरी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले निक्षेपको ब्याजदर बढएका हुन्। 

२७ वटै वाणिज्य बैंकले बचतको ब्याजदर बढाएको सूचना सार्वजनिक गरेका छन्। यसअघि गत शुक्रबार बैंकर्स संघले बचतकर्तालाई दिने ब्याजदर बढाउने निर्णय गरेको थियो। संघको निर्णयसँगै बैंकहरुले ब्याजदर बढाएका हुन्। 

बैंक तथा वित्तीय संस्थाले हरेकमहिना बचतमा दिने ब्याजदर र कर्जामा लिने ब्याजदर तोक्न पाउँछन्। बेसरेटमा आधारित रहेर ब्याजदर बढाउने वा घटाउने निर्णय गरेको सूचना अघिल्लो महिनाको मसान्तभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ। 

नेपाल राष्ट्र बैंकले ३ महिनाअघि दोहोरो अंकमा ब्याज नबढाउन वाणिज्य बैंकहरुलाई सर्कुलर जारी गरेको थियो। तर, अहिले भने राष्ट्र बैंकबाटै ब्याजदर बढाउन दबाब आएको एक बैंकरले बताए। निक्षेपको ब्याज नबढाउने हो भने राष्ट्र बैंकले दिने स्थायी तरलता सुविधा (एसएलएफ) को दर बढाउने भनेपछि बैंकर्स संघले शुक्रबार निक्षेपको ब्याजदर बढाउने निर्णय गरेको उनको भनाइ छ। अहिले राष्ट्र बैंकले बैंकहरुलाई दिने एसएलएफको ब्याजदर ५ प्रतिशत छ।

फागुन १ गतेबाटै लागु हुनेगरी विकास बैंक तथा फाइनान्स कम्पनीले पनि बचतको ब्याजदर बढाएका छन्। वाणिज्य बैंकले विकास बैंक तथा फाइनान्स कम्पनीको भन्दा धेरै बचतको ब्याजदर बढाउँदा विकास बैंक तथा वित्त कम्पनीको बचतमा आउने पैसा घट्ने भएकाले ब्याजदर बढाइएको एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कुन वाणिज्य बैंकले बचतमा कति ब्याज दिन्छन्?
२७ वाणिज्य बचतको ब्याजदर बैंकले औसत १०.९७ प्रतिशत दिने गरी सूचना सार्वजनिक गरेका छन्, जसमा २६ बैंकले बचतको ब्याजदर ११.३ प्रतिशत दिने गरी सूचना सार्वजनिक गरेका छन्। कृषि विकास बैंक, नबिल, नेपाल बंगलादेश, सानिमा, मेगा, सिभिल, सिटिजन्स, हिमालयन, नेपाल इन्भेष्टमेन्ट बैंकले बचतकर्तालाई निक्षेपको ब्याज ११.३ प्रतिशत दिने सूचना सार्वजनिक गरेका छन्। 

यसैगरी, ग्लोबल आइएमई, कुमारी, लक्ष्मी, माछापुच्छ्रे, एनसीसी, एनएमबि, एनआईसी एसिया, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, सनराइज, बैंक अफ काठमाण्डू, नेपाल एसबिआई, सेन्चुरी, एभरेष्ट र सिद्धार्थ बैंकले बचतको ब्याजदर ११.३ प्रतिशत दिने निर्णय गरेका छन्। 

सबैभन्दा थोरै ब्याजदर दिने बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। यस बैंकको बचतको ब्याजदर भने ९.५० प्रतिशत रहेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विकास बैंकले कति दिन्छन् ब्याज?
विकास बैंकहरुले पनि निक्षेपको ब्याजदर बढाएका छन्। आइतबारदेखि लागु हुने गरी विकास बैंकहरुले निक्षेपको ब्याजदर अधिकतम ११.६५ प्रतिशतसम्म कायम गर्ने निर्णय गरेका छन्। यसअघि वाणिज्य बैंकहरुले यस्तो ब्याजदर अधिकतम ११.०३ प्रतिशत थियो। 

नेपाल राष्ट्र बैंकको नियमानुसार विकास बैंकले ११.६५ प्रतिशतसम्म ब्याजदर दिने डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष एवं मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेलले बताए। ब्याजदर वृद्धिको निर्णयसँगै राष्ट्रियस्तरको विकास बैंकका बचतकर्ताले ११.५५ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकको ब्याजदर ११.६५ प्रतिशत ब्याजदर पाउने पोखरेलको भनाइ छ।

फाइनान्स कम्पनीले कति दिन्छन्?
फाइनान्स कम्पनीले पनि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। फागुनका लागि प्रायः सबै फाइनान्स कम्पनीले व्यक्तिगत मुद्दतीमा अधिकतम ११.७१ प्रतिशत र संस्थागतमा १०.७१ प्रतिशतसम्म ब्याजदर तोकेको नेपाल वित्त संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए। उनका अनुसार रेमिट्यान्स एकाउण्टमा राष्ट्र बैंकको व्यवस्था अनुसार १ प्रतिशत बढी ब्याजदर दिँदा १२.७१ प्रतिशत कायम हुनेछ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ११:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्