कामु प्रधानन्यायाधीशक कार्की
काठमाडौं– कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन्।
सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार सोमबार दिउँसो १ बजेका लागि भनेर फुल कोर्ट बोलाइएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि वरिष्ठतम् न्यायाधीश कार्की स्वत: कामु प्रधानन्यायाधीश बनेका हुन्।
कामु प्रधानन्यायाधीश बनेको दोस्रो दिन बस्ने गरी कार्कीले फुलकोर्ट बोलाएका हुन्।
मन्त्रिपरिषद्मा भागबण्डा खोजेको प्रकरणले प्रधानन्यायाधीश राणा विवादित बनेपछि गत कात्तिक ७ गतेदेखि प्रधानन्यायाधीशको अध्यक्षतामा फुलकोर्ट बैठक बसेको छैन।
सर्वोच्चमा विवाद रहेकै समयमा सर्वोच्च अदालत नियमावली संशोधन गर्न दुईपटक फुलकोर्ट वैठक बस्यो। त्यस्तै शोक प्रस्ताव र कोभिड संक्रमणका विषयमा निर्णय गर्न पनि फुलकोर्ट बसेको थियो।
यसरी बसेको फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश राणा उपस्थित थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।