काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ। बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट, भक्तपुरमा जारी छ।
सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेलगत्तै अध्यक्ष ओलीले सचिवालय बैठक बोलाएका थिए।
यसअघि भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्नेगरी बैठक आह्वान गरिएपनि अन्तिममा अध्यक्ष ओलीकै निवासमा बस्ने तय भएको हो।
बैठक प्रधानन्यायाधीश राणाविरुद्ध आइतबार संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव र आसन्न स्थानीय निर्वाचनबारे छलफल हुने बुझिएको छ।
एमाले भोलि बिहान ११ बजेका लागि संसदीय दलको बैठक समेत बोलाएको छ। दलको बैठकअघि एमालेले सचिवालय बैठकमा छलफल गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।