फाइल तस्बिर
काठमाडौं– सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई हटाउने उपयुक्त विकल्प महाअभियोग भएकाले दर्ता गरेको बताएका छन्।
जनकपुरमा पत्रकारसँग बोल्ने क्रममा प्रचण्डले लोकतान्त्रिक अभ्यासबाट निकास दिने उपयुक्त विकल्प महाअभियोग भएको बताए। सत्ता गठबन्धनमा आम सहमतिपछि महाअभियोग ल्याइएको उनले प्रष्टाए। ‘केही समयदेखि निकै धेरै अन्योल, अराजकता र बेथिति अदालतमा देखा पर्यो। स्वतन्त्र न्यायलयको क्षेत्रमा यो देखिनु राज्य र जनताका लागि दुखद कुरा थियो नै,’ उनले भने, ‘बारका अधिवक्ता र स्वयं न्यायाधीसहरु नै आन्दोलित हुने बडो विचित्रको स्थिति नेपालमा दखा पर्यो। गठबन्धनको चाहना सहज निकास होस् भन्ने थियो। सहज निकासका लागि सोच्यौं मात्रै होइन, त्यसका लागि पहल पनि गर्यौं। गठबन्धनबाट अपिल सम्बन्धित पक्षलाई गर्यौं।’
अदालतमा देखिएको समस्याको मुख्य जिम्मेवार प्रधानन्यायाधीश राणा भएको उनले बताए। बिदा बसेर वा सबैलाई विश्वासमा लिएर निकास दिनुपर्ने प्रधानन्यायाधीशले भएपनि राणाले अटेरी गरेपछि महाअभियोग आएको उनको भनाइ थियो। ‘उहाँ (राणा) ले निकास दिने परिस्थिति देखिएन। झनपछि झन न्यायक्षेत्र झन विवादित, झन अन्योलग्रस्त हुने स्थिति बन्यो,’ प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।