• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एक महिनापछि खुले विद्यालय, तर आगामी शैक्षिक सत्रबारे अन्योल 

64x64
धनु विश्वकर्मा सोमबार, फागुन २, २०७८  ०९:२४
1140x725

काठमाडौँ– वैशाखमा नै सुरु हुने शैक्षिक सत्र कोरोना महामारीका कारण गएको वर्ष असारमा मात्र सुरु भयो। यो वर्ष पुनः वैशाखमा नै शैक्षिक सत्र सुरु गर्ने सरकारको योजना थियो। तर, अब चैतमा चालु शैक्षिक सत्र टुंगिनेमा शंका उत्पन्न भएको छ।

कोरोनाको तेस्रो लहरका कारण सरकारले पुस २७ देखि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। महामारी मत्थर नहुँदा तोकिएको समयमा विद्यालय खुल्न सकेनन्। बल्ल फागुन १ गतेदेखि मात्र विद्यालय खुलेका छन्।

डेढ महिना विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भयो। कतिपय विद्यालय ‘भर्चुअल’ कक्षामा फर्किए। तर, यस्ता कक्षा प्रभावकारी नहुने र विद्यार्थीले पनि भौतिक कक्षामा जस्तो सिकाइ हासिल नगर्ने अधिकांश अभिभावक र विज्ञहरूको भनाइ छ।

विद्यालय खुलेसँगै शैक्षिक सत्रबारे विद्यालय, विद्यार्थी र अभिभावक अन्योलमा छन्। शिक्षा पत्रकार संघले काठमाडौँको दरबार हाइस्कुलमा गरेको अन्तक्रियामा शिक्षा सरोकारवालाहरूले चैत मसान्तसम्ममा शैक्षिक सत्र पूरा गर्न सकिए पनि सिकाइ प्रभावकारी नहुने बताए। तर, शिक्षा मन्त्रालयले भने अहिलेसम्म पनि नयाँ शैक्षिक सत्रबारे निर्णय गरेको छैन।

के भन्छन् सरोकारवाला?

जेठमा शैक्षिक सत्र सुरु गर्दा राम्रो
शारदा पौडेल
प्राचार्य, दरबार हाइस्कुल

हिजोसम्म भौतिक रूपमा नभए पनि वैकल्पिक अर्थात् अनलाइन विधिबाट कक्षा सञ्चलान भैराखेको थियो। अनलाइनमा उपस्थित हुनेको संख्या ६० मात्र छ। ती ६० प्रतिशत विद्यार्थी पनि हरेक दिन उपस्थित नभएको देखिन्छ।

यस्तो कक्षाको प्रभावकारिता भौतिक कक्षाको जस्तो छैन। त्यसैले विद्यार्थीलाई जे दिन खोजिएको हो त्यो सकिएको छैन। अहिलेको तयारी भनेको चैत्रमा नै परिक्षा लिने हो। कोर्स सकिएको छ। तर, विद्यार्थीले जति पाउनु पर्ने हो त्यति पाएको छैन। 

Ncell 2
Ncell 2

शैक्षिक सत्र असारदेखि मात्र गरिएको हो। फागुन १ गते विद्यालय खुलेको दिन गन्दा अब ४८ दिन मात्र बाँकी छ। एक महिना घर बसेका बालबालिकालाई एकाएक अतिरिक्त कक्षा सञ्चालन नगरी निरन्तर दिनमा ७-८ घण्टा पढाइ गर्ने हो भने त्यसले विद्यार्थीमा मानसिक दबाब सिर्जना हुन्छ। कोर्स नै सकाउने लक्ष्य त भेट्न सकिन्छ, तर प्रभावकारी ढंगले जाने हो भने एक महिना सारेर जेठमा शैक्षिक सत्र सुरु गर्दा राम्रो हुन्छ।

वैशाखमै नयाँ शैक्षिक सत्र सुरु गर्न सकिन्छ
सूर्य घिमिरे
प्राचार्य, प्रगती शिक्षा सदन

भर्चुअल रूपमा विद्यालय त खुलकै हो। तर, भौतिक रूपमा मात्र फागुन १ देखि खोलिएको हो। अनलाइनको पहुँच हुने ठाउँमा पढाइ भैराखेको थियो। शिक्षा मन्त्रालयको सूचना अनुसार चैत्र मसान्तसम्म पाठ्यक्रम सकाउने मानसिकता बन्यो। 

कोरोनाको कहरले गर्दा त्यो योजना पूरा गर्न कठिन भयो। तर, कति वर्षसम्म सार्ने भन्ने हुन्छ। पोहोर पनि सारेको हो। फेरि अहिले पनि सार्‍यौँ भने अर्को भेरियन्ट नआउला भन्न सकिँदैन।

कोर्स त चैत्र मसान्तसम्म सकाउन नसकिएला भन्ने छैन। आगामी वैशाख ९ गतेदेखि एसईई हुने भनिएको छ। जसले गर्दा कतिपय विद्यालयमा एसईईको परीक्षा केन्द्र तोकिन्छ। स्थानीय निर्वाचन वैशाख ३० गते हुने घोषणा गरिसकिएको छ। त्यसैले चैत्र अन्तिमदेखि परीक्षा सञ्चालन गरेर वैशाख ९ गतेसम्म सकाउन सकिन्छ। यसरी वैशाखको १५-२० गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्न सकिन्छ। 

चैतभर कक्षा सञ्चालन गर्नैपर्छ
रिता तिवारी
प्राचार्य, पद्यकन्या मावि, डिल्लीबजार

पहिलो र दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गरिसकिएको छ। माघ ९ गतेदेखि अनलाइन कक्षा र फागुन १ गतेदेखि भौतिक रुपमा नै कक्षा सञ्चालन भएको छ। कोर्स सकाउनु ठूलो कुरा छैन।

विद्यार्थीको शैक्षिक अवस्था कहाँ पुग्यो भन्ने प्रमुख विषय हो। पाठ्यक्रममा हुने अतिरिक्त कक्षाहरु सञ्चालन भएका छैनन्। त्यसलाई पूर्ण गर्न चैत्रभरि कक्षा सञ्चान गरौँ। वैशाखमा परीक्षा र परीक्षाफल निकाल्न सकिन्छ। त्यसपछिको समयमा नयाँ शैक्षिक सत्र सुरु गरेर भर्ना अभियानमा लगाउँ।

अनलाइन कक्षामा पनि उपस्थिति भएका छन्। अब यसको पहुँच बढाउनुपर्छ। देशभरि अनलाइन कक्षा सञ्चालन हुन सकेको छैन। त्यसैले जेठदेखि शैक्षिक सत्र सुरु गर्दा सबैको अनुकूल हुन्छ। विद्यार्थीलाई पनि क्षति पुग्दैन।

विद्यार्थीको उमेर खेर जान दिनुहुँदैन
कृष्ण अधिकारी
सदस्य, निजी तथा आवासीय विद्यालय संघ 

कोरोना कहरले संसारभरि नै असर पारेको छ। भारतमा पनि शैक्षिक सत्र बदलेर समय लम्बाइएको छ। असारमा शैक्षिक सत्र सुरु गरेर, दशैँ–तिहारमा पनि बिदा दिएर, जाडो बिदा पनि मानेर चैतमा नै कोर्स सक्नु कर्मकाण्ड मात्र हो। 

निजी विद्यालयले चैत मसान्तसम्म कोर्स सकाउने योजना बनाएका छन्। नर्सरीदेखि कक्षा १० सम्म नै सकाउने सोच छ। वैशाखको १५ गतेबाट नयाँ शैक्षिकसत्र सुरु गर्ने योजना छ। 

अनलाइन कक्षा प्रविधिको प्रयोग हो। इन्टरनेटको पहुँच हुने विद्यार्थीका लागी पाठ्यक्रमका सबै विषय पढाउनु पर्दैन। सबैको जीवनी पढाउन आवश्यक छैन। शिक्षा साँघुरो घेरामा मात्र छैन। 

आउँदो वैशाखमै स्थानीय तहको चुनाव हुने हो भने एसईई परीक्षा पछाडि धकेल्नु हुँदैन। समयमा नै सक्नुपर्छ। नत्र बच्चाबच्चीको एक बर्षको उमेर घाटा हुन्छ। त्यसैले अब पढाइ सकाउने र परीक्षा गर्ने काम समयमा नै भयो भने विद्यार्थीको समय खेर जाँदैन। चैतमा पाठ्यक्रम सकाएर वैशाखमा परीक्षा गर्नुपर्छ।

अबको बिदा कटौति गर्नुपर्छ
लक्ष्मीकिशोर सुवेदी
सदस्य, नेपाल शिक्षक महासंघ 

अबको चैत्रसम्ममा देशैभरिका विद्यालयलाई पठनपाठन पूरा गर्न लगाउनुपर्छ। सात वटै प्रदेश र ७७ वटै जिल्लामा समान ढंगले काम गर्न लगाउनुपर्छ। वैशाखमा परीक्षा सकेर परीक्षाफल पनि प्रकाशित गर्नु उपयुक्त हुन्छ। 

यही बीच एसईई पनि छ। स्थानीय तहको चुनाव छ। त्यसैले वैशाख सुरुमा परीक्षा गर्नुपर्छ। यसो गर्दा जेठबाट नयाँ शैक्षिक सत्र सुरु गर्न सकिन्छ। अबको बिदा कटौति गर्नुपर्छ। कुनै सांगठनिक कार्यक्रम भए बिदाको दिन गर्नुपर्छ।

शैक्षिक सत्रबारे निर्णय भएको छैन
दीपक शर्मा
प्रवक्ता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय 

चालू शैक्षिक सत्र असारबाट मात्र सुरु भएको हो। अब कहिले नयाँ  शैक्षिक सत्र सुरु गर्ने भन्ने मन्त्रालयबाट कुनै निर्णय भएको छैन। यहाँ उठेका विषयलबारे अब मन्त्रालयमा छलफल हुन्छ।

धेरै प्रधानाध्यपकको सुझाव चैत्र मसान्तसम्ममा पाठ्यक्रम पूरा गर्ने भन्ने छ। त्यसपछि परीक्षा र परीक्षाफल प्रकाशनलगायतका काम हुन्छन्। ती काम वैशाखमा गर्न सकिन्छ। यो विषयमा राष्ट्रिय परीक्षा बोर्डमा पनि छलफल हुन्छ।  

वैशाखबीचमा एसईई गर्ने कुरा उठे पनि त्यहीबीचमा स्थानीय तहको चुनाव हुने भयो। कतिपय विद्यालयमा नै मतदान केन्द्र हुन्छ। सुरुक्षा निकाय पनि चुनावमा संलग्न हुन्छन्। तोकिएको समयमा नै परीक्षा हुँदा राम्रो।

चैत्र मसान्तसम्म पढ्न दिने र वैशाखमा परीक्षा गर्ने र परीक्षाफल प्रकाशन गर्ने उपयुक्त होला। तर, निर्वाचनको लागी केही समय छोड्नुपर्छ। अबको परिस्थिति हेरेर र कोरोना कहरलाई पनि ध्यानमा राखेर मन्त्रालयले निर्णय गर्छ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण समुद्री सतहदेखि चार हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खासमेत रहेका हरि बुढामगरले विश्वको सातै महादेशका... सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्