• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एक महिनापछि खुले विद्यालय, तर आगामी शैक्षिक सत्रबारे अन्योल 

64x64
धनु विश्वकर्मा सोमबार, फागुन २, २०७८  ०९:२४
1140x725

काठमाडौँ– वैशाखमा नै सुरु हुने शैक्षिक सत्र कोरोना महामारीका कारण गएको वर्ष असारमा मात्र सुरु भयो। यो वर्ष पुनः वैशाखमा नै शैक्षिक सत्र सुरु गर्ने सरकारको योजना थियो। तर, अब चैतमा चालु शैक्षिक सत्र टुंगिनेमा शंका उत्पन्न भएको छ।

कोरोनाको तेस्रो लहरका कारण सरकारले पुस २७ देखि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। महामारी मत्थर नहुँदा तोकिएको समयमा विद्यालय खुल्न सकेनन्। बल्ल फागुन १ गतेदेखि मात्र विद्यालय खुलेका छन्।

डेढ महिना विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भयो। कतिपय विद्यालय ‘भर्चुअल’ कक्षामा फर्किए। तर, यस्ता कक्षा प्रभावकारी नहुने र विद्यार्थीले पनि भौतिक कक्षामा जस्तो सिकाइ हासिल नगर्ने अधिकांश अभिभावक र विज्ञहरूको भनाइ छ।

विद्यालय खुलेसँगै शैक्षिक सत्रबारे विद्यालय, विद्यार्थी र अभिभावक अन्योलमा छन्। शिक्षा पत्रकार संघले काठमाडौँको दरबार हाइस्कुलमा गरेको अन्तक्रियामा शिक्षा सरोकारवालाहरूले चैत मसान्तसम्ममा शैक्षिक सत्र पूरा गर्न सकिए पनि सिकाइ प्रभावकारी नहुने बताए। तर, शिक्षा मन्त्रालयले भने अहिलेसम्म पनि नयाँ शैक्षिक सत्रबारे निर्णय गरेको छैन।

के भन्छन् सरोकारवाला?

जेठमा शैक्षिक सत्र सुरु गर्दा राम्रो
शारदा पौडेल
प्राचार्य, दरबार हाइस्कुल

हिजोसम्म भौतिक रूपमा नभए पनि वैकल्पिक अर्थात् अनलाइन विधिबाट कक्षा सञ्चलान भैराखेको थियो। अनलाइनमा उपस्थित हुनेको संख्या ६० मात्र छ। ती ६० प्रतिशत विद्यार्थी पनि हरेक दिन उपस्थित नभएको देखिन्छ।

यस्तो कक्षाको प्रभावकारिता भौतिक कक्षाको जस्तो छैन। त्यसैले विद्यार्थीलाई जे दिन खोजिएको हो त्यो सकिएको छैन। अहिलेको तयारी भनेको चैत्रमा नै परिक्षा लिने हो। कोर्स सकिएको छ। तर, विद्यार्थीले जति पाउनु पर्ने हो त्यति पाएको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

शैक्षिक सत्र असारदेखि मात्र गरिएको हो। फागुन १ गते विद्यालय खुलेको दिन गन्दा अब ४८ दिन मात्र बाँकी छ। एक महिना घर बसेका बालबालिकालाई एकाएक अतिरिक्त कक्षा सञ्चालन नगरी निरन्तर दिनमा ७-८ घण्टा पढाइ गर्ने हो भने त्यसले विद्यार्थीमा मानसिक दबाब सिर्जना हुन्छ। कोर्स नै सकाउने लक्ष्य त भेट्न सकिन्छ, तर प्रभावकारी ढंगले जाने हो भने एक महिना सारेर जेठमा शैक्षिक सत्र सुरु गर्दा राम्रो हुन्छ।

वैशाखमै नयाँ शैक्षिक सत्र सुरु गर्न सकिन्छ
सूर्य घिमिरे
प्राचार्य, प्रगती शिक्षा सदन

भर्चुअल रूपमा विद्यालय त खुलकै हो। तर, भौतिक रूपमा मात्र फागुन १ देखि खोलिएको हो। अनलाइनको पहुँच हुने ठाउँमा पढाइ भैराखेको थियो। शिक्षा मन्त्रालयको सूचना अनुसार चैत्र मसान्तसम्म पाठ्यक्रम सकाउने मानसिकता बन्यो। 

कोरोनाको कहरले गर्दा त्यो योजना पूरा गर्न कठिन भयो। तर, कति वर्षसम्म सार्ने भन्ने हुन्छ। पोहोर पनि सारेको हो। फेरि अहिले पनि सार्‍यौँ भने अर्को भेरियन्ट नआउला भन्न सकिँदैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोर्स त चैत्र मसान्तसम्म सकाउन नसकिएला भन्ने छैन। आगामी वैशाख ९ गतेदेखि एसईई हुने भनिएको छ। जसले गर्दा कतिपय विद्यालयमा एसईईको परीक्षा केन्द्र तोकिन्छ। स्थानीय निर्वाचन वैशाख ३० गते हुने घोषणा गरिसकिएको छ। त्यसैले चैत्र अन्तिमदेखि परीक्षा सञ्चालन गरेर वैशाख ९ गतेसम्म सकाउन सकिन्छ। यसरी वैशाखको १५-२० गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्न सकिन्छ। 

चैतभर कक्षा सञ्चालन गर्नैपर्छ
रिता तिवारी
प्राचार्य, पद्यकन्या मावि, डिल्लीबजार

पहिलो र दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गरिसकिएको छ। माघ ९ गतेदेखि अनलाइन कक्षा र फागुन १ गतेदेखि भौतिक रुपमा नै कक्षा सञ्चालन भएको छ। कोर्स सकाउनु ठूलो कुरा छैन।

विद्यार्थीको शैक्षिक अवस्था कहाँ पुग्यो भन्ने प्रमुख विषय हो। पाठ्यक्रममा हुने अतिरिक्त कक्षाहरु सञ्चालन भएका छैनन्। त्यसलाई पूर्ण गर्न चैत्रभरि कक्षा सञ्चान गरौँ। वैशाखमा परीक्षा र परीक्षाफल निकाल्न सकिन्छ। त्यसपछिको समयमा नयाँ शैक्षिक सत्र सुरु गरेर भर्ना अभियानमा लगाउँ।

अनलाइन कक्षामा पनि उपस्थिति भएका छन्। अब यसको पहुँच बढाउनुपर्छ। देशभरि अनलाइन कक्षा सञ्चालन हुन सकेको छैन। त्यसैले जेठदेखि शैक्षिक सत्र सुरु गर्दा सबैको अनुकूल हुन्छ। विद्यार्थीलाई पनि क्षति पुग्दैन।

विद्यार्थीको उमेर खेर जान दिनुहुँदैन
कृष्ण अधिकारी
सदस्य, निजी तथा आवासीय विद्यालय संघ 

कोरोना कहरले संसारभरि नै असर पारेको छ। भारतमा पनि शैक्षिक सत्र बदलेर समय लम्बाइएको छ। असारमा शैक्षिक सत्र सुरु गरेर, दशैँ–तिहारमा पनि बिदा दिएर, जाडो बिदा पनि मानेर चैतमा नै कोर्स सक्नु कर्मकाण्ड मात्र हो। 

निजी विद्यालयले चैत मसान्तसम्म कोर्स सकाउने योजना बनाएका छन्। नर्सरीदेखि कक्षा १० सम्म नै सकाउने सोच छ। वैशाखको १५ गतेबाट नयाँ शैक्षिकसत्र सुरु गर्ने योजना छ। 

अनलाइन कक्षा प्रविधिको प्रयोग हो। इन्टरनेटको पहुँच हुने विद्यार्थीका लागी पाठ्यक्रमका सबै विषय पढाउनु पर्दैन। सबैको जीवनी पढाउन आवश्यक छैन। शिक्षा साँघुरो घेरामा मात्र छैन। 

आउँदो वैशाखमै स्थानीय तहको चुनाव हुने हो भने एसईई परीक्षा पछाडि धकेल्नु हुँदैन। समयमा नै सक्नुपर्छ। नत्र बच्चाबच्चीको एक बर्षको उमेर घाटा हुन्छ। त्यसैले अब पढाइ सकाउने र परीक्षा गर्ने काम समयमा नै भयो भने विद्यार्थीको समय खेर जाँदैन। चैतमा पाठ्यक्रम सकाएर वैशाखमा परीक्षा गर्नुपर्छ।

अबको बिदा कटौति गर्नुपर्छ
लक्ष्मीकिशोर सुवेदी
सदस्य, नेपाल शिक्षक महासंघ 

अबको चैत्रसम्ममा देशैभरिका विद्यालयलाई पठनपाठन पूरा गर्न लगाउनुपर्छ। सात वटै प्रदेश र ७७ वटै जिल्लामा समान ढंगले काम गर्न लगाउनुपर्छ। वैशाखमा परीक्षा सकेर परीक्षाफल पनि प्रकाशित गर्नु उपयुक्त हुन्छ। 

यही बीच एसईई पनि छ। स्थानीय तहको चुनाव छ। त्यसैले वैशाख सुरुमा परीक्षा गर्नुपर्छ। यसो गर्दा जेठबाट नयाँ शैक्षिक सत्र सुरु गर्न सकिन्छ। अबको बिदा कटौति गर्नुपर्छ। कुनै सांगठनिक कार्यक्रम भए बिदाको दिन गर्नुपर्छ।

शैक्षिक सत्रबारे निर्णय भएको छैन
दीपक शर्मा
प्रवक्ता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय 

चालू शैक्षिक सत्र असारबाट मात्र सुरु भएको हो। अब कहिले नयाँ  शैक्षिक सत्र सुरु गर्ने भन्ने मन्त्रालयबाट कुनै निर्णय भएको छैन। यहाँ उठेका विषयलबारे अब मन्त्रालयमा छलफल हुन्छ।

धेरै प्रधानाध्यपकको सुझाव चैत्र मसान्तसम्ममा पाठ्यक्रम पूरा गर्ने भन्ने छ। त्यसपछि परीक्षा र परीक्षाफल प्रकाशनलगायतका काम हुन्छन्। ती काम वैशाखमा गर्न सकिन्छ। यो विषयमा राष्ट्रिय परीक्षा बोर्डमा पनि छलफल हुन्छ।  

वैशाखबीचमा एसईई गर्ने कुरा उठे पनि त्यहीबीचमा स्थानीय तहको चुनाव हुने भयो। कतिपय विद्यालयमा नै मतदान केन्द्र हुन्छ। सुरुक्षा निकाय पनि चुनावमा संलग्न हुन्छन्। तोकिएको समयमा नै परीक्षा हुँदा राम्रो।

चैत्र मसान्तसम्म पढ्न दिने र वैशाखमा परीक्षा गर्ने र परीक्षाफल प्रकाशन गर्ने उपयुक्त होला। तर, निर्वाचनको लागी केही समय छोड्नुपर्छ। अबको परिस्थिति हेरेर र कोरोना कहरलाई पनि ध्यानमा राखेर मन्त्रालयले निर्णय गर्छ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा प्रधानमन्त्री शाहका अनुसार पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोरअन्तर्गतका क्षतिग्रस्त पुलहरूको मर्मत गरी सञ्चालनमा ल्याएको हो... शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुनार... शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना प्राधिकरणबाट इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनको अनुमतिपत्र लिएका केही सेवा प्रदायकले अनुमतिपत्रका सर्तविपरीत काम गरेको पाइएपछि दूरसञ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्