काठमाडौं– भोलि ( फागुन २ गते) बस्ने तय भएको प्रतिनिधि सभाको बैठक सरेको छ। प्रतिनिधि सभाको बैठक फागुन ४ गते बस्ने गरी सारिएको हो।
सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसदीय प्रक्रिया (प्रतिनिधि सभा बैठकमा टेबल गर्ने प्रक्रिया) अगाडि बढाउन खोजेको चर्चा चलेको बेला बैठक फेरि स्थगित भएको हो।
नेकपा एमालेले आफ्नो प्रदेशस्तरीय भेला भएकाले २ गतेबो बैठक सार्न आग्रह गरेको थियो। त्यस्तै, सत्ता गठबन्धका माओवादी केन्द्र र एकीकृत समाजवादी पनि बैठक सार्नु पर्ने बताएका थिए।
यसअघि पनि प्रतिनिधि सभा बैठक ६ दिन सारेर २ गतेका लागि तय भएको थियो। बैठक सूचना टाँस गरेर तेस्रो पटक सारिएकाे हो। यसअघि माघ १६ गते र २६ गतेका लागि तय भएको बैठकसमेत स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।