काठमाडौं– केही समयअघि नेपालमा बलिउड फिल्म ‘उचाइ’को छायांकन भएको थियो।
अमिताभ बच्चन मुख्य भूमिकामा रहेको उक्त फिल्मका केही दृश्यहरु नेपालमा पनि रहेकाले फिल्मको छायांकनका लागि निर्माण टोली नेपाल आएको थियो। उक्त टोलीमा बोमन इरानी, अनुपम खेर, परणिती चोपडालगायतका कलाकारसँगै निर्देशक सुरज बर्जात्य थिए।
फिल्ममा अमिताभले गर्ने अभिनय भने हाल छायांकन हुन बाँकी नै छ। यसबीच फिल्मको निर्माण पक्षले अमिताभले खेल्ने दृश्यहरुको छायांकन मार्चमा हुने जानकारी दिएको छ। निर्माण पक्षकाअनुसार मार्च महिनाको १० तारिखबाट फिल्ममा अमिताभका दृश्यहरुको छायांकन हुनेछ।
यो फिल्ममार्फत अमिताभ र निर्देशक सुरजले ३० वर्षपछि सँगै काम गर्दैछन्। ‘उचाइ’मा निर्देशक सुरजले मित्रताको कथा भन्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।