• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्थापना कालदेखि कर्णाली सरकारको ऊर्जा मन्त्रालय सचिवविहीन

64x64
रासस शनिबार, माघ २९, २०७८  ०६:२९
1140x725

सुर्खेत- कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय स्थापना कालदेखि सचिवविहीन अवस्थामा छ। ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश सरकारको सबैभन्दा कान्छो मन्त्रालय हो।  

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही अध्यक्षतामा विसं २०७८ वैशाख २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार मन्त्रिपरिषद् कार्य विभाजन नियमावली, २०७४ तथा प्रदेश सरकार कार्य सम्पादन नियमावली, २०७४ संशोधन स्वीकृति भए बमोजिम यस मन्त्रालय स्थापना भएको थियो। स्थापना भएदेखि भने उक्त मन्त्रालय निमित्तका भरमा चलिरहेको छ।

मन्त्रालयका स्थापनासँगै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा कार्यरत सिनियर डिभिजन इञ्जिनीयर धर्मेन्द्र झाले निमित्त सचिवको जिम्मेवारी दिइएको थियो। माघ २ गतेदेखि उक्त मन्त्रालयमै कार्यरत सिनियर डिभिनल इञ्जिनीयर गोपाल शर्माले निमित्त सचिवको जिम्मेवारी सम्हालेका छन्। 

'हाम्रो मन्त्रालयका लागि मौसम विज्ञान विभागमा कार्यरत जगदीश कर्माचार्यलाई मन्त्रालयको सचिवका रूपमा खटाएको तर उनले आफूलाई कर्णाली जान बाध्य पारेको गुनासो गर्दै नआउने जस्ता कुरा गर्नुभएको छ', निमित्त सचिव शर्माले भने, 'सिभिल इञ्जिनीयरिङतर्फको सचिव पठाउनुपर्नेमा सरकारले पनि किन फरक क्षेत्रमा कार्यरतलाई सचिव बनाउन खोजेको हो?'

कर्णालीका लागि केन्द्र सरकारले यसअघि कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रालयमा फरक सम्बन्धित क्षेत्र नभई गुणस्तर तथा नापतौल विभागमा कार्यरत कर्मचारीलाई रामआधार साहलाई सचिव बनाएर पठाएको उनले बताए। निमित्त सचिव शर्माका अनुसार मन्त्रालयमा सिनियर डिभिजनमा चार दरबन्दी खाली रहेको र इञ्जिनीयर सात दरबन्दीमा एकजना मात्रै हुँदा काम गर्न जटिल भएको छ।

nimb
nimb

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय पनि निमित्त सचिवका भरमा चलिरहेको छ। कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्य प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा एक महिना अघि सरुवा भएपछि समस्या हुँदै गएको निमित्त सचिव निधिराज न्यौपानेले जानकारी दिए। 

'आर्थिक अख्तियारी छैन तर प्रशासनिक काम गर्दै आएका छौँ', निमित्त सचिव न्यौपानेले भने, 'यदि बेलैमा सचिव नआउने अवस्था हो भने हामी सबै कर्मचारीलाई तलब खानसमेत समस्या हुने देखिन्छ।' 

उनका अनुसार सचिव नहुँदा विभिन्न अख्तियारीका कामहरुमा पनि बाधा पुगेको छ। कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले सचिवका लागि पहल भइरहेको र अब तत्कालै आउने बताए। फरक क्षेत्रमा काम गर्ने कर्मचारीलाई ऊर्जा विकास मन्त्रालयको सचिव बनाउँदा कार्यसम्पादन तथा जिम्मेवारी समस्या हुँदैन र? भन्ने प्रश्नमा प्रमुख सचिव श्रेष्ठले त्यस विषयमा आफूलाई थाहा नभएको जवाफ दिए। 

प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले मन्त्रालयका लागि खटाइएका सचिव कर्माचार्यसँग कुरा गर्दा आफ्नो विषय र जिम्मेवारी नमिल्ने र कर्णाली नजाने निर्णय गरेको जवाफ पाएपछि अर्को सचिव ल्याउनका लागि विभागीय मन्त्रीसँग कुरा भइरहेको जनाए। मन्त्री सिंहले अब जतिसक्दो छिटो सचिव ल्याउन पहल गर्ने बताए। 

सङ्घीय मन्त्रालयमा सचिव काम विहीन हुने तर कर्णालीमा मन्त्रालय सचिवविहीन हुनु दुर्भाग्य भएको उनले बताए। कर्णाली तथा मुलुकका विभिन्न ठाउँमा देखिएका यी यस्ता समस्या समाधान तत्काल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपछि चीनसँग हिमताल जोखिमबारे तत्काल संवाद गर्न ८ दलको सुझाव बिहीबारको सर्वदलीय बैठकपछि जारी संयुक्त वक्तव्यमा जलवायु परिवर्तनका कारण नेपाल र चीनको तिब्बत क्षेत्रमा रहेका हिमतालहरू पग्लिने र वि... बिहीबार, भदौ ११, २०८३
हामीले संकलन गरेको राहत पारदर्शी हुनेछ : श्रम संस्कृति पार्टी बिहीबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पछिल्लो विपद्बाट जनताले ठूलो क्षति र पीडा भोग्नुपरेको भन्दै सबै राजनीतिक दलल... बिहीबार, भदौ ११, २०८३
सरकारको स्रोत–साधनले मात्रै काम गर्न सम्भव छैन, सरकारलाई साथ दिन तयार छौँ : गगन थापा रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति थापाले सरकारलाई सहयोग गर्न आफूहरू... बिहीबार, भदौ ११, २०८३
ताजा समाचारसबै
नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीपछि चीनसँग हिमताल जोखिमबारे तत्काल संवाद गर्न ८ दलको सुझाव बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीका २६ घाइते टिचिङ अस्पतालमा, उपचारका क्रममा एक पुरुषको मृत्यु बिहीबार, भदौ ११, २०८३
हामीले संकलन गरेको राहत पारदर्शी हुनेछ : श्रम संस्कृति पार्टी बिहीबार, भदौ ११, २०८३
नुवाकोट पुगे प्रधानमन्त्री बालेन शाह बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्