• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

श्रीमानले ५०० रुपैयाँमा कोठीमा बेचिदिएकी गंगूबाईको जीवनकथा

जनक कार्की आइतबार, फागुन १, २०७८  ०९:३०
1140x725
फिल्ममा गंगूबाईको भूमिकामा रहेकी आलिया भट्ट (बायाँ) र गंगूबाई।

संजय लीला भंसाली कम फिल्म बनाउँछन्, तर मन मस्तिष्कमा लालमोहर लगाउने गरी बनाउँछन्। उनको पछिल्लो फिल्म `गंगूबाई काठियावाडी´ को ट्रेलरले धमाका मचाइरहेको छ। फिल्ममा गंगुबाईको भूमिकामा देखिएकी आलिया भट्टको दमदार डायलग र अभिनयले दर्शकलाई तानिरहेको छ। ट्रेलरले महिलाप्रधान चलचित्र हो भनेर सहजै अनुमान लगाउन फिल्मका डायलगले थप मद्दत गरेको छ।

-लिखो माँ का नाम गंगूबाई... ( लेख, आमाको नाम गंगूबाई...)

-और बापका नाम... बापका नाम क्या लेखू (अनि बाउको नाम .. बाउको नाम लेखूँ..?)

-माँ का नाम काफी नहि हे ना.. चलो कोहि बात नहि बापका नाम देवानन्द ...(आमाको नाम काफी छैन.. ठीक छ बाउको नाम देवानन्द)

अरे जब शक्ति, सम्पत्ति,सदबुद्धि तिनो हि औरत हे..तो इन मर्दोको किस बातका गुरू? ( जब शक्ति सम्पत्ति, सदबुद्धि तीन वटै महिला हो भने यो पुरुषले के कुराको घमण्ड गर्छ?)

यी माथिका संवादले फिल्ममा महिलाई शक्तिशाली रूपमा देखाइएको छ भन्ने कुराको छनक पाउन सकिन्छ।

`गंगूबाई काठियावाडी´ बायोपिक हो। यो एउटा यस्तो कहानी  जसलाई कम सुनिएको छ। गंगूबाईले जीवनको दयनीय स्थिति देखिन्, भोगिन् र समस्यामा समाधान खोजिरहिन्। उनलाई 'माफिया क्वीन' भनेर पनि चिनिन्छ।

***
गंगूबाईको असली नाम  गंगा हरजीवन दास कोठियावाडी हो। सन् १९३९ मा गुजरातको काठियावाडमा उनको जन्म भएको हो।

Ncell 2
Ncell 2

गुजरातको सम्मानित परिवारमा जन्मिएकी गंगूबाई एक्ली छोरी थिइन्। जिन्दगीका उतारचढावले उनलाई अपराधी, डन, यौनकर्मी र 'बिजनेस वुमन' बनायो। ६० को दशकमा उनी माफियाको जीवन गुजार्न थालिन्। उनीसँग कसैको बोल्ने हिम्मत हुँदैन थियो। देशभर उनको कोठीको शाखा फैलिएको थियो।

गंगूबाई सम्मानजनक परिवारमा जन्मिएकी हुन्। उनको परिवारले छोरीले पनि पढ्नु पर्ने भन्ने मान्यता राख्थ्यो। उनको रुचि पढाइमा भन्दा फिल्म क्षेत्रमा थियो। 'हिरोइन' बन्ने सपना पालेकी गंगूबाईको चाहना जसरी पनि मुम्बई प्रवेश गर्ने थियो।

गंगूबाईको पितासँग एकजना लेखापाल काम गर्थे। उनको नाम रमणिक थियो। गुजरात आउनुपूर्व रमणिक मुम्बईमा काम गर्थे। जब गंगूबाईलाई थाहा भयो रमणिक मुम्बईमा काम गरेको मान्छे हो, उनले आफू मुम्बई जाने गोरेटो देखिन थालेको महशुस गरिन्। उनले रमणिकलाई प्रेम गर्न थालिन्। गंगूबाईको घरमा यो कुरा थाहा भएपछि उनीहरूलाई छुटाउने प्रयास भयो। गंगूबाईले रमणिकसँग भागेर बिहे गरिन् र  मुम्बई पुगिन्। उनले विवाह गर्दा मात्र १६ वर्षकी थिइन्।

बिहेपछि बेचिइन् काेठीमा
मुम्बई पुगेको केही समयपछि रमणिकले उनलाई एक जना महिलाकोमा लगेर छोडिदिए।  ती महिलासँग छोड्दा रमणिकले भनेका थिए, 'उनी मेरो मोसी हुन, मैले घर नखोज्दासम्म तिमी उहाँसँगै बस्नु।' रमणिकले झूट बोलेर उनलाई मात्र ५०० रुपैयाँमा बेचिदिएका थिए। गंगूबाईलाई थाहा थिएन कि उनी मुम्बईको रेडलाइट एरियाको कोठीमा पुगिसकेकी थिइन्।

मुम्बईको रेडलाइट एरिया कमाठीपुरामा उनी सबैसँग अञ्जान थिइन्। उनले आफ्नो यो परिस्थितिसँग सम्झौता गर्न सिक्न थालिसकेकी थिइन्। त्यतिबेला शौकत खान नाम गरेको व्यक्तिले गंगुबाईसँग जबर्जस्ती गर्‍यो। रातभर उनको तनसँग जनावरको व्यवहार गरेर हालत खराब बनाइदियो। गंगूबाईको स्वास्थ खराब भएपछि अस्पताल भर्ना गराइयो। जब उनी ठीक भइन्, शौकतबारे जानकारी बटुल्न थालिन्। शौकत त्यतिबेला प्रसिद्ध माफिया करिम लालासँग काम गर्छन् भन्ने थाहा भयो।

करिम लालाकोमा पुगेर गंगूबाईले शौकतले गरेका हर्कतबारे वृतान्त कहिन्। त्यसपछि करिम लालाले गंगूबाईको रक्षा गर्ने प्रण लिए। शौकत खानलाई लालाले डरलाग्दो सजाय दिए। करिम लालाले गंगूबाईलाई राखी बाँधेर धर्मबहिनी बनाए। त्यसै दिनदेखि गंगूबाईलाई 'कमाठीपुराको डन' भनेर संबोधन गर्न थालियो। गंगूबाई गंगूको नामले चर्चित हुन थालिन्। मुम्बईका मान्छे जति करिम लालासँग डराउँथे उति नै गंगूबाईसँग पनि डराउन थाले। उनी कुख्यात हुँदै गइन्। रेडलाइट एरियामा काम गर्नेको भविष्यको सकारात्मक चिन्ता गर्न थालिन्। 
 
गंगूबाईले भन्ने गर्थिन, `यदि रेड लाइट एरियामा काम गर्ने महिला नभएका भए मुम्बईमाका अन्य महिला घरबाट निक्लन ग्राहो हुनेछ।´ गंगूबाई आफू यौन व्यवसायमा डुबे पनि कसैलाई जबर्जस्ती यसमा लाग्न बाध्य बनाउँदैन थिइन्। उनले मुम्बईका अनाथका लागि पनि उल्लेखनीय काम गरेकी छिन्। मुम्बईका यौन व्यवसायीहरूको आन्दोलनको उनले नेतृत्व पनि गरेकी थिइन्।

गंगूबाई काठियावाडी : बायोपिक फिल्म
गंगूबाई काठियावाडी फिल्मलाई संजय लीला भंसालीले निर्देशन गरेका छन्। आलिया भट्ट गंगूबाईको भूमिकामा छिन्। यस फिल्ममा अभिनय गर्न आलिया भट्टले काठियावाड भाषा र रेडलाइट एरियामा गरिने अश्लील गाली पनि सिकेकी थिइन्। यस फिल्मको माध्यमबाट गंगूबाईको जीवनको उतारचढावका साथसाथै मुम्बईमा भएका रेड लाइट एरियाका यथार्थसँग पनि परिचित गराइने छ। फिल्ममा अजय देवगन पनि देखिने छन्।

आफूले निर्देशन गरेका फिल्मको प्रदर्शन मिति नजिक आउँदा निर्देशक भंसाली प्राय: विवादमा तानिन्छ्न्। यसपटक पनि उनी विवादमा मुसिएका छन्। गंगूबाईका छोरा बापू जी रावजी शाहले संजय, आलिया, भंसाली प्रोडक्सन र लेखक हुसैन जैदी एवं रिपोर्टर जैन बार्गिङलाई मुद्दा हालेका छन्। गंगूबाईका छोराको आरोप छ कि, फिल्ममा गंगूबाईका विवादित विषय र निजी जानकारीहरूलाई गलत रुपमा प्रस्तुत गरिएको छ।

गंगुबाई काठियावाडी फिल्म एस हुसैनले लेखेको किताब ` माफिया क्वीन इन मुम्बई´ मा आधारित छ। श्रीमानले मात्र ५०० रुपैयाँमा बेचिदिएकी गंगूबाईले नारकीय जीवन भित्रबाट कसरी विशाल साम्राज्यको स्थापना गरिन् भन्ने कथालाई करौडौं दर्शकले प्रतीक्षा गरिरहेका छन्। २५ फेब्रुअरी २०२२ मा फिल्मको रिलिज  डेट तय भएको छ।

गंगूबाई सन् २००८ मा ६८ वर्षको उमेरमा यो संसारबाट बिदा भएकी थिइन्।

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पर्यटकको ‘अनलाइन ट्र्याकिङ’ सुरु
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन
सम्बन्धित सामग्री
फागुन १५ मा ‘प्रवासी जीवन’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोलेप्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने ब... बिहीबार, मंसिर २५, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्। उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई... सोमबार, मंसिर ८, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
ताजा समाचारसबै
पर्यटकको ‘अनलाइन ट्र्याकिङ’ सुरु बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन बिहीबार, पुस १७, २०८२
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस बिहीबार, पुस १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई बुधबार, पुस १६, २०८२
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्