• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

श्रीमानले ५०० रुपैयाँमा कोठीमा बेचिदिएकी गंगूबाईको जीवनकथा

जनक कार्की आइतबार, फागुन १, २०७८  ०९:३०
1140x725
फिल्ममा गंगूबाईको भूमिकामा रहेकी आलिया भट्ट (बायाँ) र गंगूबाई।

संजय लीला भंसाली कम फिल्म बनाउँछन्, तर मन मस्तिष्कमा लालमोहर लगाउने गरी बनाउँछन्। उनको पछिल्लो फिल्म `गंगूबाई काठियावाडी´ को ट्रेलरले धमाका मचाइरहेको छ। फिल्ममा गंगुबाईको भूमिकामा देखिएकी आलिया भट्टको दमदार डायलग र अभिनयले दर्शकलाई तानिरहेको छ। ट्रेलरले महिलाप्रधान चलचित्र हो भनेर सहजै अनुमान लगाउन फिल्मका डायलगले थप मद्दत गरेको छ।

-लिखो माँ का नाम गंगूबाई... ( लेख, आमाको नाम गंगूबाई...)

-और बापका नाम... बापका नाम क्या लेखू (अनि बाउको नाम .. बाउको नाम लेखूँ..?)

-माँ का नाम काफी नहि हे ना.. चलो कोहि बात नहि बापका नाम देवानन्द ...(आमाको नाम काफी छैन.. ठीक छ बाउको नाम देवानन्द)

अरे जब शक्ति, सम्पत्ति,सदबुद्धि तिनो हि औरत हे..तो इन मर्दोको किस बातका गुरू? ( जब शक्ति सम्पत्ति, सदबुद्धि तीन वटै महिला हो भने यो पुरुषले के कुराको घमण्ड गर्छ?)

यी माथिका संवादले फिल्ममा महिलाई शक्तिशाली रूपमा देखाइएको छ भन्ने कुराको छनक पाउन सकिन्छ।

`गंगूबाई काठियावाडी´ बायोपिक हो। यो एउटा यस्तो कहानी  जसलाई कम सुनिएको छ। गंगूबाईले जीवनको दयनीय स्थिति देखिन्, भोगिन् र समस्यामा समाधान खोजिरहिन्। उनलाई 'माफिया क्वीन' भनेर पनि चिनिन्छ।

***
गंगूबाईको असली नाम  गंगा हरजीवन दास कोठियावाडी हो। सन् १९३९ मा गुजरातको काठियावाडमा उनको जन्म भएको हो।

nimb
nimb

गुजरातको सम्मानित परिवारमा जन्मिएकी गंगूबाई एक्ली छोरी थिइन्। जिन्दगीका उतारचढावले उनलाई अपराधी, डन, यौनकर्मी र 'बिजनेस वुमन' बनायो। ६० को दशकमा उनी माफियाको जीवन गुजार्न थालिन्। उनीसँग कसैको बोल्ने हिम्मत हुँदैन थियो। देशभर उनको कोठीको शाखा फैलिएको थियो।

गंगूबाई सम्मानजनक परिवारमा जन्मिएकी हुन्। उनको परिवारले छोरीले पनि पढ्नु पर्ने भन्ने मान्यता राख्थ्यो। उनको रुचि पढाइमा भन्दा फिल्म क्षेत्रमा थियो। 'हिरोइन' बन्ने सपना पालेकी गंगूबाईको चाहना जसरी पनि मुम्बई प्रवेश गर्ने थियो।

गंगूबाईको पितासँग एकजना लेखापाल काम गर्थे। उनको नाम रमणिक थियो। गुजरात आउनुपूर्व रमणिक मुम्बईमा काम गर्थे। जब गंगूबाईलाई थाहा भयो रमणिक मुम्बईमा काम गरेको मान्छे हो, उनले आफू मुम्बई जाने गोरेटो देखिन थालेको महशुस गरिन्। उनले रमणिकलाई प्रेम गर्न थालिन्। गंगूबाईको घरमा यो कुरा थाहा भएपछि उनीहरूलाई छुटाउने प्रयास भयो। गंगूबाईले रमणिकसँग भागेर बिहे गरिन् र  मुम्बई पुगिन्। उनले विवाह गर्दा मात्र १६ वर्षकी थिइन्।

बिहेपछि बेचिइन् काेठीमा
मुम्बई पुगेको केही समयपछि रमणिकले उनलाई एक जना महिलाकोमा लगेर छोडिदिए।  ती महिलासँग छोड्दा रमणिकले भनेका थिए, 'उनी मेरो मोसी हुन, मैले घर नखोज्दासम्म तिमी उहाँसँगै बस्नु।' रमणिकले झूट बोलेर उनलाई मात्र ५०० रुपैयाँमा बेचिदिएका थिए। गंगूबाईलाई थाहा थिएन कि उनी मुम्बईको रेडलाइट एरियाको कोठीमा पुगिसकेकी थिइन्।

मुम्बईको रेडलाइट एरिया कमाठीपुरामा उनी सबैसँग अञ्जान थिइन्। उनले आफ्नो यो परिस्थितिसँग सम्झौता गर्न सिक्न थालिसकेकी थिइन्। त्यतिबेला शौकत खान नाम गरेको व्यक्तिले गंगुबाईसँग जबर्जस्ती गर्‍यो। रातभर उनको तनसँग जनावरको व्यवहार गरेर हालत खराब बनाइदियो। गंगूबाईको स्वास्थ खराब भएपछि अस्पताल भर्ना गराइयो। जब उनी ठीक भइन्, शौकतबारे जानकारी बटुल्न थालिन्। शौकत त्यतिबेला प्रसिद्ध माफिया करिम लालासँग काम गर्छन् भन्ने थाहा भयो।

करिम लालाकोमा पुगेर गंगूबाईले शौकतले गरेका हर्कतबारे वृतान्त कहिन्। त्यसपछि करिम लालाले गंगूबाईको रक्षा गर्ने प्रण लिए। शौकत खानलाई लालाले डरलाग्दो सजाय दिए। करिम लालाले गंगूबाईलाई राखी बाँधेर धर्मबहिनी बनाए। त्यसै दिनदेखि गंगूबाईलाई 'कमाठीपुराको डन' भनेर संबोधन गर्न थालियो। गंगूबाई गंगूको नामले चर्चित हुन थालिन्। मुम्बईका मान्छे जति करिम लालासँग डराउँथे उति नै गंगूबाईसँग पनि डराउन थाले। उनी कुख्यात हुँदै गइन्। रेडलाइट एरियामा काम गर्नेको भविष्यको सकारात्मक चिन्ता गर्न थालिन्। 
 
गंगूबाईले भन्ने गर्थिन, `यदि रेड लाइट एरियामा काम गर्ने महिला नभएका भए मुम्बईमाका अन्य महिला घरबाट निक्लन ग्राहो हुनेछ।´ गंगूबाई आफू यौन व्यवसायमा डुबे पनि कसैलाई जबर्जस्ती यसमा लाग्न बाध्य बनाउँदैन थिइन्। उनले मुम्बईका अनाथका लागि पनि उल्लेखनीय काम गरेकी छिन्। मुम्बईका यौन व्यवसायीहरूको आन्दोलनको उनले नेतृत्व पनि गरेकी थिइन्।

गंगूबाई काठियावाडी : बायोपिक फिल्म
गंगूबाई काठियावाडी फिल्मलाई संजय लीला भंसालीले निर्देशन गरेका छन्। आलिया भट्ट गंगूबाईको भूमिकामा छिन्। यस फिल्ममा अभिनय गर्न आलिया भट्टले काठियावाड भाषा र रेडलाइट एरियामा गरिने अश्लील गाली पनि सिकेकी थिइन्। यस फिल्मको माध्यमबाट गंगूबाईको जीवनको उतारचढावका साथसाथै मुम्बईमा भएका रेड लाइट एरियाका यथार्थसँग पनि परिचित गराइने छ। फिल्ममा अजय देवगन पनि देखिने छन्।

आफूले निर्देशन गरेका फिल्मको प्रदर्शन मिति नजिक आउँदा निर्देशक भंसाली प्राय: विवादमा तानिन्छ्न्। यसपटक पनि उनी विवादमा मुसिएका छन्। गंगूबाईका छोरा बापू जी रावजी शाहले संजय, आलिया, भंसाली प्रोडक्सन र लेखक हुसैन जैदी एवं रिपोर्टर जैन बार्गिङलाई मुद्दा हालेका छन्। गंगूबाईका छोराको आरोप छ कि, फिल्ममा गंगूबाईका विवादित विषय र निजी जानकारीहरूलाई गलत रुपमा प्रस्तुत गरिएको छ।

गंगुबाई काठियावाडी फिल्म एस हुसैनले लेखेको किताब ` माफिया क्वीन इन मुम्बई´ मा आधारित छ। श्रीमानले मात्र ५०० रुपैयाँमा बेचिदिएकी गंगूबाईले नारकीय जीवन भित्रबाट कसरी विशाल साम्राज्यको स्थापना गरिन् भन्ने कथालाई करौडौं दर्शकले प्रतीक्षा गरिरहेका छन्। २५ फेब्रुअरी २०२२ मा फिल्मको रिलिज  डेट तय भएको छ।

गंगूबाई सन् २००८ मा ६८ वर्षको उमेरमा यो संसारबाट बिदा भएकी थिइन्।

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रवि लामिछाने
प्यूठानका तीन पालिकाबाट उद्धार कोषमा सहयोग
गोसाइँकुण्डबाट काठमाडौं फर्कँदा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
सम्बन्धित सामग्री
यस्तो छ निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर शुक्रबार सार्वजनिक भएको फिल्मको टिजरमा  अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी... मंगलबार, भदौ २, २०८३
‘कंगाल करोडपति’मा जोडिए रक्षा र मञ्जिलकुमार, कलाकारको लाइनअप बलियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भ... मंगलबार, भदौ २, २०८३
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को आधिकारिक टिजर सार्वजनिक भएको छ। शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रवि लामिछाने बिहीबार, भदौ ११, २०८३
प्यूठानका तीन पालिकाबाट उद्धार कोषमा सहयोग बिहीबार, भदौ ११, २०८३
गोसाइँकुण्डबाट काठमाडौं फर्कँदा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी: मृतकको संख्या २८९ पुग्यो बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीः पत्रकार टेकराज थामी र शेखर ढुंगाना सम्पर्कविहीन बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्