काठमाडौं– भारतमा सुकुम्बासी बस्तीकेन्द्रित भएर फुटबलसम्बन्धी संस्था खोल्ने विजय बार्सेको जीवनमा आधारित फिल्म ‘झुण्ड’को टिजर सार्वजनिक भएको छ। टिजरमा फिल्मका मुख्य अभिनेताको रुपमा अमिताभ बच्चन देखिएका छन्।
‘झुण्ड’ बार्सेको जीवनमा आधारित ‘स्पोर्टस् ड्रामा’ फिल्म हो। बार्सेले ‘स्लम सक्कर’ नामक गैर सरकारी संस्था चलाएका थिए। उक्त संस्थाबाट उनले अल्पसंख्यक समुदाय र भारतका सुकुम्बासी बस्तीका बालबालिकाको जीवनमा खेलकुदबाट परिवर्तन ल्याउने काम गरेका थिए।
झुण्डको टिजरमा अमिताभ सुकुम्बासी बस्तीका बालबालिकासँग खेल खेलिरहेका देखिन्छन्। १ मिनेटको टिजरमा अमिताभले सकुम्बासी बस्तीका बालबालिकालाई आफ्नो टिममा ल्याएको देखाइएको छ। टिजरमा एउटा चौरमा बालबालिकाहरु कवाडी सामानलाई बाजाको रुपमा बजाएको देखाइएको छ। त्यसबीच अमिताब उनीहरुको सामुन्ने कोचको रुपमा पुग्छन्। बालबालिकाहरु उलाई पछ्याएर मैदानमा अघि बढ्छन्।
‘सैराट’जस्तो सफल फिल्म निर्देशन गरेका निर्देशक नागराज मञ्जुले यो फिल्मका पनि निर्देशक हुन्। फिल्मको लेखन पनि उनले नै गरेका छन्। भुसन कुमार र किशन कुमारले लगानी गरेको फिल्म टि सिरिजको ब्यानरमा बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।