• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

पछिल्लो १० वर्षमा बैंकिङ क्षेत्रको तरलता : पहिलो ४ वर्ष सुविधाजनक, ६ वर्षयता सधैं 'बोर्डर लाइन'मा

64x64
सुमित्रा कार्की शुक्रबार, माघ २८, २०७८  १०:१८
1140x725

काठमाडौं- केही महिनायता देखिएको तरलता अभावको समस्याबाट बैंकिङ क्षेत्र अझै पनि मुक्त हुन सकेको छैन। चालु आर्थिक वर्ष (आव)को सुरुआतबाटै देखापरेको यो समस्या यथावत् रहेको बैंकरहरु बताउँछन्। 

बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव हुँदा समग्र आर्थिक क्षेत्र नै समस्यामा परेको जानकारहरुले बताएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको छ महिनासम्मको तथ्यांकले मुलुकको अधिकांश आर्थिक सूचक नकारात्मक रहेको देखाएको छ। यसैगरी, नेपाल बैंकर्स संघले सार्वजनिक गरेको मध्य माघसम्मको तथ्यांकले पनि बैंकिङ क्षेत्रमा निक्षेप संकलन एकदमै न्यून रहेको देखाउँछ।

बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याय आर्थिक वर्षको आधा समय बित्दा पनि तरलताको समस्या सुल्झिन नसकेको बताउँछन्। यो तत्काल हट्ने सम्भावना न्यून देखिएको उनले बताए।

‘अहिले बैंकहरु कारोबार वृद्धि गर्नेभन्दा पनि आफ्नो पैसालाई मेन्टेन गरेर बसेका छन्। बैंकहरुले एसएलएफ (राष्ट्र बैंकले बैंकहरुलाई दिने स्थायी तरलता सुविधा) लिएर आफ्नो लगानी मेन्टेन गरेका छन्,' उनले भने, 'अहिले बैंकहरुले लिएको एसएलएफ १०० प्रतिशतभन्दा माथि नै रहेको छ। बैंकहरुले निक्षेप संकलन गर्न नसक्दा एसएलएफबाटै व्यवहार चलाइरहेका छन्। तरलता अभाव हट्ने खालको त्यस्तो खासै ठूलो परिवर्तन आएको छैन।’ अहिलेको अवस्थामा बैंकहरु लगानीको हिसाबले संकुचित नै रहेको उनी बताउँछन्। 

चालु आवको ६ महिनासम्मको आर्थिक अवस्था
चालु आवको ६ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सुचांकमा आधारित मूल्यवृद्धि ५.६५ प्रतिशत कायम भएको छ। आयात ५१.१ प्रतिशतले र निर्यात ९५.५ प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह (रेमिट्यान्स) ५.५ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा छ।

समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा छ। कूल विदेशी विनिमय सञ्चिति ९ अर्ब ८९ करोड अमेरिकी डलर रहेको छ।

यस अवधिमा संघीय सरकारको खर्च ५ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ र राजस्व परिचालन ५ खर्ब ४२ अर्ब ५ करोड रुपैयाँ छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.८ प्रतिशतले बढेको र निजी क्षेत्रमाथिको दाबी १२ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा छ।

यस् वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.५ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर २७.४ प्रतिशत छ।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो १० वर्षमा तरलताको अवस्था 
पछिल्लो १० वर्ष अवधिको पहिलो ४ वर्षमा बैंकहरुले पर्याप्त तरल सम्पत्ति कायम गरेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले तयार पारेको 'तरलता अभावको कारणहरु र समाधानका लागि दिएको सुझाव-२०७८' प्रतिवेदनमा उल्लेख छ। तर, २०७२ सालयता भने बैंकहरुले तरल सम्पत्ति कम राख्दै गएको प्रतिवेदनमा जनाइएको छ।  

पछिल्लो १० आर्थिक वर्षको असार मसान्तसम्म कायम भएको तरलताको अनुपात। स्रोत: सिविफिन 

माथि प्रस्तुत तथ्यांकले पनि २०७७ सालमा बैंकहरुको तरल सम्पत्ति केही बढेको देखिन्छ। तर, त्यस समयमा कोभिड-१९ को पहिलो लहर नियन्त्रण गर्न देश लकडाउनमा गएका कारण कर्जा प्रवाहमा कमी आएको थियो। आव २०७६/७७ मा कर्जा वृद्धिदर पनि १२ प्रतिशतमा सीमित भएको थियो। जबकि, अन्य वर्षमा २० प्रतिशतको हाराहारी वा त्यो भन्दा बढीले वृद्धि भइरहेको थियो।

तरलता अनुपात सामान्यतया आर्थिक वर्षको अन्त्यतिर (असारमा) केही सहज देखिने र दोस्रो त्रैमासतिर अलि दबाब सिर्जना गर्ने देखिएको छ। खासगरी २०७३ सालपछि तरलतामा यसरी चाप पर्न थालेको तलको चार्टले संकेत गर्छ।

पछिल्लो १० आर्थिक वर्षको पुस मसान्तसम्म कायम भएको तरलताको अनुपात। स्रोत: सिविफिन 

सिविफिनको उक्त प्रतिवेदनको आधारमा राष्ट्र बैंकले न्यूनतम २० प्रतिशत तरलता अनुपात कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘२०७२ साल अगाडि बैंकहरुले यथेष्ट तरल सम्पत्ति राख्ने गरेको सिविफिनले तयार गरेको उक्त तथ्यांकले देखाएको छ। तर, पछिल्ला ४ वर्षमा भने तरलता अनुपात लगभग सीमानजिक आइसकेको देखिन्छ। अंकलाई राउण्डिङ गर्दा २३ प्रतिशत देखिए पनि यथार्थमा २२ प्रतिशतमा झरिसकेको तथ्यांकले देखाउँछ। २०७८ मांसिर मसान्तमा २१ प्रतिशतमा झरिसकेको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतिवेदनअनुसार २०७२ सालमा २ वर्षभित्रमा ४ गुणाले पुँजी वृद्धि गर्ने नीति राष्ट्र बैंकले ल्याएपछि बैंकहरुले आक्रामक तरिकाले कर्जा प्रवाह गर्न थालेको देखिन्छ। ‘फलस्वरुप २०७२ सम्म सहज अवस्थामा रहेको तरलता अनुपात, त्यसपछि निरन्तररुपमा घट्दै गइरहेको देखिन्छ। तरलता अनुपात घट्दै गइरहेको भएता पनि औसतमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा बढी नै रहेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ।

उक्त प्रतिवेदनअनुसार २०७२ पछि लगभग हरेक वर्ष न्यूनतम सीमारेखाको वरिपरि तरलता अनुपात आइपुग्ने गरेको छ। पुँजी वृद्धि गर्दा मर्जर र प्राप्तिलाई प्राथमिकतामा राख्नुपर्ने थियो। तर, नेपाल राष्ट्र बैंकले त्यसो नगरी हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्न स्वीकृति दिँदै गयो। अहिले आएर देखिएका 'साइड इफेक्ट' हेर्दा आफूले जुन उद्देश्यका साथ पुँजी वृद्धिको नीति ल्याएको थियो, त्यसलाई बिर्सेर अर्को बाटो हिँड्दा तरलतामा चाप पर्ने अवस्था निम्त्याउनुमा राष्ट्र बैंक आफैं चुक्यो भन्न सकिने अवस्था देखिएको जानकारहरु बताउँछन्।

असार मसान्तदेखि माघ २१ गतेसम्मको कर्जा लगानी र निक्षेप संकलनको अवस्था
चालु आर्थिक वर्षको सुरुआतबाट माघ २१ सम्म आउँदा बैंकहरुले एक खर्ब ५३ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन गरेर ४ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। बैंकहरुले निक्षेप संकलनभन्दा कर्जा लगानी २ खर्ब ९० अर्ब रुपैयाँले धेरै गरेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ।

चालु आवको सातौं महिना माघ लागेपछि वाणिज्य बैंकहरुको कूल निक्षेप लगातार घटिरहेको छ। यो महिना सुरु भएपछि बैंकहरुको कूल निक्षेप १३ अर्बले घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको हो। बैंकर्स संघको तथ्यांकअनुसार माघ ७ गतेसम्म कूल निक्षेप पुस मसान्तको तुलनामा १३ अर्बले घटेर ४३ अर्ब ११ अर्ब रुपैयाँमा झरेको थियो। त्यसपछि माघ १३ गतेसम्म पुनः ३ अर्बले घट्दै माघ २० गतेसम्म आइपुग्दा निक्षेप ३ अर्बले बढेर पुनः ४३ अर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। पुस मसान्तसम्म वाणिज्य बैंकहरुले संकलन गरेको कूल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ थियो।

माघ महिना लागेपछि वाणिज्य बैंकहरुको कूल लगानी ६ अर्ब बढेको छ। यो रकम क्रमशः बढिरहेको छ। माघ ७ गतेसम्म गत पुस मसान्तको तुलनामा एक अर्ब रुपैयाँले बढेर ४१ खर्ब ४४ अर्ब पुगेको थियो। माघ १३ गतेसम्म ४१ खर्ब ४८ अर्ब र माघ २० गतेसम्म आइपुग्दा लगानीको रकम ४१ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघको तथ्यांक छ।

वाणिज्य बैंकहरुको यस्तो लगानी गत पुस मसान्तसम्म ४१ खर्ब ४३ अर्ब रुपैयाँ थियो। पुसमा वाणिज्य बैंकहरुको कूल निक्षेप ८७ अर्ब रुपैयाँले बढ्दा कूल कर्जा लगानी ५९ अर्ब रुपैयाँले बढेको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १०:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्