काठमाडौं- अभिनेत्री स्वस्तिमा खड्का आगामी फिल्म `चिसो मान्छे' मा सुदूरपश्चिमकै महिलाको भूमिकामा देखिने भएकी छिन्। फिल्मको नयाँ रिलिज मिति घोषणा गर्दै उनको सुदूरपश्चिमेली लुक्स सार्वजनिक गरिएको छ।
फिल्म आमा, पशुपति प्रसादलगायत बनाएका दीपेन्द्र के खनालको निर्देशन र कथामा बनेको हो।
अभिनेत्री खड्का र अभिनेता अर्पण थापाको मुख्य भूमिका रहने फिल्मले नेपाली समाजको कथा बोल्ने बताइएको छ। फिल्मको अधिकांश छायांकन बाजुरामा गरिनेछ।
शर्मिला पाण्डेको लगानीमा निर्माण हुने फिल्ममा स्वस्तिमा, अर्पण थापाका साथमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायतका कलाकारको पनि अभिनय रहेको छ।
फिल्म काठमाडौंदेखि बाजुरासम्मको लोकेसनमा खिचिएको छ। स्वस्तिमालगायत मुख्य पात्रले बाजुराली भाषा बोलेका छन्।
यसअघि वैशाख ३० मा रिलिज गर्ने भनिएको फिल्म स्थानीय तह निर्वाचनका कारण असार ३ मा सरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।