• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिड लागेका बच्चाहरुलाई घरमा कसरी स्याहार गर्ने?

डा गणेन्द्रभक्त राय बुधबार, माघ २६, २०७८  ०६:५१
1140x725

विभिन्न्न जातका कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएको छ। नेपाल पनि यसबाट अछुतो छैन। ओमिक्रोनसहितको तेस्रो लहरले यसपालि धेरै बच्चाहरुलाई समेत बिरामी बनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक संक्रमण हुनेमध्ये करिब १० प्रतिशत २० वर्षमुनिका बालबालिका छन्। हालसम्म नेपालमा कोभिडबाट १०७ जना २० वर्षमुनिका बच्चाहरुको मृत्यु भएको तथ्यांक छ।

अमेरिकामा कूल कोभिड बिरामीहरुमा १८ प्रतिशत बालबालिका रहेको तथ्यांक छ। हालसम्म अमेरिकामा एक करोडभन्दा बढी बालबालिकालाई यो रोग देखिइसकेको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) संस्थाले जनाएको छ। सो संख्याको १.५ प्रतिशत बच्चाहरु अस्पताल भर्ना भएका रहेछन्।

बच्चाहरुलाई कोभिड कसरी हुन्छ?
कोभिड संक्रमित व्यक्तिहरुले खोक्दा वा हाछ्युँ गर्दा मुखबाट आउने थुकको छिटामा कोभिड भाइरस हुन्छन्। वरपरको वायु र वस्तुहरुलाई दूषित बनाउँछ। यस्ता दूषित हावा सास लिँदा शरीरमा पस्छन् र रोगको सुरुआत हुन्छ। बच्चाहरुलाई धेरैजसो अवस्थामा घरका वयस्कहरुले सार्छन् भने विद्यालयबाट पनि यो रोग सर्न सक्छ। बच्चाहरु वरपरको वस्तुहरुमा कोभिडका भाइरसहरु केही घण्टादेखि केही दिनसम्म सक्रिय रहन सक्छन् र यस्ता चिजहरुको प्रयोगले यो रोग सर्ने सम्भावना रहन्छ।

बच्चाहरुमा कोभिड रोगका लक्षणहरु के-के हुन्?
१. ज्वरो आउनु।
२. सिँगान बग्नु, खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु, छिटो-छिटो सास फेर्नु।
३. वान्ता हुनु, पेट दुख्नु, पातलो दिसा हुनु।
४. टाउको दुख्नु, जिउ दुख्नु।
५. थाक्नु।
६. स्वाद र गन्ध थाहा नहुनु।
७. शरीरमा राता बिमिरा आउनु आदि।

कसैलाई यी लक्षणहरु सामान्य मात्रै देखापर्छ भने कसैलाई कडा देखिन्छ। निमोनिया भएर शरीरमा अक्सिजनको मात्रा कमी हुनु कडा कोभिड हो। यो रोग निको भइसकेपछि केही हप्तापछि शरीरको विभिन्न अंगहरुमा असर पर्ने र कडा लक्षणहरु देखापर्ने अवस्थालाई एमआईएस-सी भनिन्छ। खोप लगाइसकेका नानीहरुलाई कोभिडका लक्षणहरु सामान्य रुघा केही दिनको लागि हुन्छ।

बच्चाहरुलाई कोभिड लागेको कसरी पत्ता लगाउन सकिन्छ?
नाक र घाँटीको स्वाबबाट नमूना संकलन गरी आरटी-पीसीआर वा एन्टिजेन विधिबाट यो रोग लागेको पत्ता लगाउन सकिन्छ। एन्टिजेन आरडिटी विधिबाट आधा घन्टामै रिपोर्ट तयार हुन्छ र यो पद्धतिलाई सरकारले पनि मान्यता दिएको छ। रोगको सुरुआती अवस्थामा यी जाँचहरु 'नेगेटिभ' आए पनि लक्षणहरु कोभिडसँग मिल्दाजुल्दा भएमा दुई/तीन दिनपछि फेरि जाँच दोहोर्‍याउनुपर्दछ।

बच्चाहरुलाई कोभिड हुनबाट कसरी बचाउने त?
१. सर्वप्रथम घरका वयस्क सदस्यहरुले जिम्मेवारीपूर्वक स्वास्थ्यका नियमहरु पालना गर्नुपर्छ। बच्चाहरुलाई उनीहरुले बुझ्नेगरी रोगबाट बच्ने तरिकाहरु सिकाउनुपर्छ।
२. भीडमा नलाने, दुई वर्षमाथिका नानीहरुलाई बाहिर जाँदा सही तरिकाले मास्क लगाइदिने।
३. बाहिर जानेबेला अनावश्यक वस्तुलाई नछुने, नचलाउने। स्यानिटाइजर सधैँ साथमा राख्ने अनि पटक-पटक प्रयोग गर्ने गराउने।
४. घरमा सफा राख्ने। घरको भुइँ नियमित सफा गर्ने। धेरै छोइने वस्तु जस्तै, ढोकाको ह्यान्डल, चुकुल आदि स्यानिटाइजरले नियमित सफा गर्ने।
५. पर्याप्त आराम र निद्रा सुनिश्चित गर्ने।
६. पोषिलो खाना र पर्याप्त पानी खान दिने।

घरमा कोभिड लागेका बच्चाहरुलाई कसरी स्याहार गर्ने?
कोभिड लागेका अधिकांश बच्चाहरुमा सामान्य लक्षणमात्रै देखिने हुनाले घरमै उपचार गर्न सकिन्छ। घरमा कुनै बालबालिकालाई कोभिडको जस्तो लक्षण देखिए सर्वप्रथम नजिकको स्वास्थ्य केन्द्रमा गइ स्वास्थ्य परीक्षण गराउनुपर्छ। आवश्यक परे कोभिडसम्बन्धी जाँच गरे पश्चात यो रोगको बारेमा एकिन गर्न सकिन्छ। कडा लक्षण नभए र घरमा नै उपचार गर्न सल्लाह भए बच्चाहरुलाई घरमा नै स्याहार गर्न सकिन्छ। घरमा उस्तै लक्षण देखिएका सबैलाई जाँच गराउन आवश्यक हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

- रोग लागेका नानीहरुलाई अलग्गै राखी एक जनाले मात्र खटेर स्याहारसुसार गर्नुपर्दछ।

- दूध खाने बच्चाहरुलाई आमाले आफूले सही तरिकाले मास्क लगाएर स्तनपान र अन्य आवश्यक स्याहार गर्न सकिन्छ। आमाले बिरामीलाई स्याहार गर्नुअघि र गरेपछि राम्ररी मिचीमिची हात धुने वा ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्नुपर्छ। बच्चालाई खुवाउने वा स्तनपान गराउनुभन्दा अगाडि ह्यान्ड स्यानिटाइजरभन्दा साबुन पानीले हात धुनु नै उत्तम हो। 

- दुई वर्षमाथिका बच्चाहरुले अरुको सम्पर्कमा आउने बेला घरमै सही तरिकाले मास्क लगाउने गर्न सके रोग फैलनबाट जोगाउन सकिन्छ।

- घरमा उपचार गरिरहेका बच्चाको स्वास्थ्य अवस्थाबारे निगरानी गर्नु जरुरी हुन्छ। दिनमा चार पटक बिरामीको तापक्रम, सासको गति र होसको अवस्थाबारे नजिकबाट अनुगमन गर्नुपर्छ। १०० डिग्रीभन्दा बढी ज्वरो आएमा वा टाउको दुखाइ, जिउ दुखाइ भएमा पारासिटामोल औषधि डाक्टरको सिफारिसअनुसार दिनमा चार पटकसम्म दिन सकिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

- सास फेर्न कठिनाइ भएमा, घ्यारघ्यार आवाजका साथमा छिटोछिटो सास फेरेमा वा दूध चुस्न गाह्रो भएमा, सास फेर्नको लागि बेलाबेलामा दूधको मुन्टो छोडेर दूध खाने गरेमा नाकमा सिँगान जमेर बन्द भएको हो कि भनेर टर्चलाइट बालेर नाकभित्र हेर्नुपर्छ। सिँगानले नाक बन्द भएको अवस्थामा मनतातो पानीमा अलिकति नून हालेर बनाएको झोल औषधि दुई-दुई थोपा नाकमा हालेर सिँगान पगाल्न दिनुपर्छ। यसरी पग्लिएको सिँगानलाई सफा, नरम कपडाको टुक्रा अथवा कपासलाई बत्तीजस्तो बनाइ नाकमा छिराएर सफा गर्न सकिन्छ।

यसरी नाक सफा गर्दा पनि घ्यारघ्यार कम नभएमा वा छिटोछिटो सास फेर्ने नरोकेमा यथाशीघ्र चिकित्सकलाई भेट्नुपर्छ। दुई महिना उमेरका शिशुले एक मिनेटमा ६० पटकभन्दा बढी, दुई महिनादेखि एक वर्षसम्मका बच्चाहरुले एक मिनेटमा ५० पटकभन्दा बढी, एक वर्षदेखि पाँच वर्षसम्मका नानीहरुले ४० पटकभन्दा बढी सास फेरेमा छिटोछिटो सास फेरेको भानिन्छ र यो निमोनियाको लक्षण हुनसक्छ। सास फेर्दा छातीको तल्लो भागभित्र धसिने (कोखा हान्नु) गम्भीर निमोनियाको अर्को लक्षण हो। विश्व स्वास्थ्य संगठनले ज्वरो, खोकीसहितको छिटोछिटो सासलाई निमोनियाको लक्षण मानेको छ।

- लामो समय घरमा बस्दा बच्चाहरुको मानसिक स्वास्थ्यको पनि उत्तिकै ख्याल गर्नुपर्छ। बच्चाहरुलाई आफू एक्लै भएको महसुस हुन दिनुहुँदैन। उनीहरुसँग राम्रो समय बिताउनुपर्छ। अधिकांश समय टीभी र मोबाइलमा बिताउँदा आँखा बिग्रने, टाउको दुख्नेलगायत मानसिक समस्या देखिने हुनसक्छ। चिड्चिडाहपन, स्मरणशक्ति कम हुनेदेखि सामाजिक सम्बन्ध स्थापित गर्न गाह्रो हुने र अश्लील एवं हिंसात्मक सामग्रीको लत लाग्नेसम्म हुनसक्छ। तर, फोनमार्फत् आफन्त र साथीभाइसँग कुराकानी भइरहँदा एक्लोपन हट्ने र समय बिताउन सजिलो हुन्छ।

- कुनै दीर्घरोगको नियमित खाइराखेको औषधि चिकित्सकको सल्लाहविना बन्द गर्ने वा मात्रा थपघट गर्नु हुँदैन। स्टेरोइडजस्ता रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि खानुपर्ने बालबालिकाहरुलाई कोभिड रोगबाट जोगाउन विशेष सावधानी अपनाउनुपर्छ।

अधिकांश बालबालिकाहरुलाई कोभिड हुँदा दुई-चार दिनको सामान्य लक्षण देखिने र हप्ता दिनमा निको हुन्छन्। तर, निम्न समस्याहरु देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जँचाउनुपर्छ।

१. धेरै ज्वरोको साथ बिरामीको होस कम भएमा वा छारेजस्तो लक्षण देखिएमा 
२. वान्ता धेरै भएमा, खाना खान नसक्ने र पिसाब थोरै भएमा
३. छिटो सासको साथमा शरीरमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम देखिएमा
४. ओठ मुख निलो भएमा
५. छाती दुखेमा 

रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने?
१. ताजा खाना खाने।
२. हरियो साग, फलफूलको मात्रा बढाउने।
३. प्रोटिनयुक्त खाना बढाउने, जस्तै: दाल, दूध, दही, अण्डा।
४. हल्का व्यायाम गराउने।
५. निद्रा र आरामको लागि जोड दिने। 
६. खोप लगाउने।
७. आवश्यक परे भिटामिनजस्ता औषधि चिकित्सकको सल्लाहबमोजिम खुवाउने।

बच्चाहरुलाई उपयुक्त मानिएका खोपहरु समयमै लगाइदिँदा धेरै हदसम्म बालबालिकालाई यो रोगबाट टाढा राख्न सकिन्छ। फाइजर कम्पनीले बनाएको mRNA भ्याक्सिन (BNT-162b2)ले ५ वर्ष र माथिका बालबालिकालाई लगाउन अनुमति पाएको छ। अर्को mRNA भ्याक्सिन मोडर्ना १८ वर्षमाथिका सबैलाई लगाउन मिल्ने खोप हो।

नेपाल सरकारले यो वर्षको पुस पहिलो सातादेखि १२ वर्षमाथिका बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु गरेको हो। ५-१२ वर्षका बच्चाहरुलाई पनि कोभिडविरुद्धको खोप लगाउने सरकारको तयारी छ।

(लेखक सिद्धि स्मृति महिला तथा बाल अस्पतालका बालरोग विशेषज्ञ हुन्।)

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  ०६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्