काठमाडौं- बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफको आगामी फिल्म ‘बडे मिया छोटे मिया’को टिजर सार्वजनिक भएको छ।
फिल्म बन्ने घोषणासँगै फिल्मको ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक भएको हो।
एक्सनले गरिएको यो फिल्ममा दुवै पात्रको द्वन्द्वात्मक रुप देखाइएको छ। फिल्मलाई वाशु भगनानी र जैकी भगनानीले निर्माण गरेका छन्।
फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका छन्। २०२३ मा फिल्म प्रदर्शन हुने बताइएको छ। फिल्मको लेखन पनि निर्देशक जफरकै रहेको छ।
फिल्मलाई २०२३ को क्रिसमसको असरमा प्रदर्शन गर्ने निर्माणपक्षले जनाएको छ। फिल्म हिन्दीसँगै तमिल, तेलगु, कन्नड र मलायलम भाषामा प्रदर्शन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।