फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ।
आजको बैठकबाट आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ।
आइतबार बसेको प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचमा आजको मन्त्रिपरिषद् बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए।
यसअघि निर्वाचन आयोगसँगको छलफलमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।