सुर्खेत– कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री नियुक्त भएको ३ महिनापछि जीवनबहादुर शाहीले आफू नेतृत्वको सरकारलाई पूर्णता दिएका हुन्।
सत्तारुढ गठबन्धनबाट आइतबार ५ जना नेताहरु प्रदेश सरकारको मन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरुले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन्।
प्रदेश सरकारमा कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र नेकपा एकीकृत समाजवादीबाट एकजना मन्त्री नियुक्त भएका छन्।
कांग्रेसबाट यज्ञबहादुर बुढाक्षेत्री र हिमबहादुर शाही, माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह र कार्चेन लामा तथा नेकपा एकीकृत समाजवादीबाट पदम रोकाया मन्त्री बनेका हुन्।
यस्तो छ, मन्त्रालयको भागबण्डाः
गणेशप्रसाद सिंह/माओवादी केन्द्र- जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय
यज्ञबहादुर बुढाक्षेत्री/नेपाली कांग्रेस- सामाजिक विकास मन्त्री
छिरिङ डम्डल लामा (कार्चेन लामा)/माओवादी केन्द्र- उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
हिमबहादुर शाही/नेपाली कांग्रेस- आन्तरिक मामिला तथा कानुन मन्त्री
पदम रोकाया/एकीकृत समाजवादी- भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय
कर्णाली प्रदेशमा गत कात्तिक ३० गत चन्द्रबहादुर शाही (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) र मंसिर २४ गते विन्दमान श्रेष्ठ (आर्थिक मामिला तथा योजना मन्त्रालय) नियुक्त भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।