काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायधिवक्तासहित दुई मन्त्रीसँग छलफल थालेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सत्तारुण दल नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरुसँगको छलफल सकिलगत्तै उनले महान्यायधिवक्ता खम्मबहादुर खाती, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुनमन्त्री दिलेन्द्र बडुसँग छलफल थालेका हुन्। बालुवाटारमा जारी छलफल एमसीसीबारे केन्द्रित रहेको बताइएको छ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग प्रधानमन्त्री देउवाले एमसीसीबारे आज छलफल गरेका थिए। ओली र दाहाल बालुवाटारबाट बाहिरिएपछि देउवाले दुई मन्त्री र महान्यायधिवक्तासँग छलफल थालेका हुन्।
कार्की एमसीसीको हस्ताक्षरकर्ता मन्त्री हुन् भने बडुले आज मात्रै सभामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा छलफल गरेका थिए। आगामी माघ २६ गते प्रतिनिधि सभाको वैठक बस्ने कार्यसूची तय भएकाले त्यसलाई लक्षित गर्दै देउवाले छलफललाई तीव्रता दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।