काठमाडौं– कर्णाली प्रदेशमा ५ मन्त्री थपिँदैछन्। सत्ता गठबन्धनमा मन्त्री र मन्त्रालयको टुंगो लागेको छ। उनीहरुको सपथ आइतबार बेलुका ७ बजे हुने जनाइएको छ।
थपिनेहरुमा कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र नेकपा एकीकृत समाजवादीबाट एक जना छन्। कांग्रेसबाट यज्ञबहादुर बुढाक्षेत्री र हिमबहादुर शाही, माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह र कार्चेन लामा तथा नेकपा एकीकृत समाजवादीबाट पदम रोकाया मन्त्री बन्दै छन्।
यस्तो छ, मन्त्रालयको भागबण्डाः
गणेशप्रसाद सिंह/माओवादी केन्द्र- जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय
यज्ञबहादुर बुढाक्षेत्री/नेपाली कांग्रेस- सामाजिक विकास मन्त्री
छिरिङ डम्डल लामा (कार्चेन लामा)/माओवादी केन्द्र- उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
हिमबहादुर शाही/नेपाली कांग्रेस- आन्तरिक मामिला तथा कानुन मन्त्री
पदम रोकाया/एकीकृत समाजवादी- भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय
कर्णाली प्रदेशमा गत कात्तिक ३० गत चन्द्रबहादुर शाही (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) र मंसिर २४ गते विन्दमान श्रेष्ठ (आर्थिक मामिला तथा योजना मन्त्रालय) नियुक्त भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।