• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

आधुनिक ‘सञ्जय’ र ‘चित्रलेखा’हरू

विनय देशार शनिबार, माघ २२, २०७८  १५:४१
1140x725

परिमाणात्मक परिवर्तनको चरित्र अपेक्षातया मन्द क्रमबद्ध हुन्छ भने गुणात्मक परिवर्तन क्रमहीन र फड्कोको रुपमा सम्पन्न हुन्छन। यसप्रकारले विकासको प्रक्रिया एक अर्कोबाट भिन्न तर आपसमा घनिष्ठ रुपले सम्बन्धित हुन्छन्। यो तथ्य भौतिक जगतको विकासको सार्वभौम नियम हो। यसै नियम अनुरुप नै सारा विश्व ब्रह्माण्डका अवयवहरु स्वचालित हुन्छन्।

प्रागैतिहासिक कालमा अर्जुनले कृष्णलाई नपत्याएपश्चात् कृष्णले अर्जुनलाई प्रदर्शन गरेको विश्वरुपलाई आधुनिक भौतिक जगतको परिवर्तित स्वरुप टेलिभिजनसँग दाँज्न सकिन्छ। त्यस्तै, महाभारतमा विष्णुबाट दिव्यदृष्टिको वरदान पाएका सञ्जयले धृतराष्ट्रलाई सुनाएको कुरुक्षेत्रको बयान आधुनिककालको समाचारवाचकले वाचन गरेको समाचारभन्दा कम थिएन। त्यसैगरी, वाणासुरकी छोरी उषाको निम्ति कृष्णको नाति अनिरुद्धको चित्र बनाइदिने चित्रलेखासँग भएको चित्र बनाउने यन्त्रले आजको युगमा क्यामरा र क्यामरापर्सनको रुपमा फड्को मारिसकेको छ।

सन् १८२६ मा जोसेफ नेसिफोर निप्सले आफ्नै घरको बरण्डामा बसेर ८ घण्टा लगाएर खिचेको बगैँचाको तस्बिरले प्रागैतिहासिक कालका चित्रलेखाको चित्र खिच्ने प्रकृयालाई निरन्तरता दियो। सन् १८९५ डिसेम्बर २८ मा फ्रान्सेली दाजुभाई अगष्ट लुमियर र लुईस लुमियरले पहिलोपटक प्रदर्शन गरेको मुक चलचित्रले प्रागैतिहासिककालमा कृष्णले देखाएको विश्वरुपलाई आधुनिकता प्रदान गरे। 

माता यशोदाले एकैठाउँमा बसेर आफ्नो पुत्र कृष्णको मुखभित्र ब्रह्माण्ड देखेझैं आजभोलि आम जनसमुदायले आधुनिक विज्ञानका वैज्ञानिक जोन लोगि बेयर्ड्ले २७ जनवरी १९२६ मा आविष्कार गरेको टेलिभिजन सेटमा आफ्नो कोठामा बसेर विश्वभरिको खबर नियाल्न सक्दछन्।

भौतिक जगतको विकासलाई प्रतिबिम्बित गर्दै मानिसहरूको चेतना, उनीहरूको विचार, सिद्धान्त र दृष्टिकोणहरू पनि बदलिरहेको हुन्छ। यसैक्रममा हुने पुरानोको पतन र नयाँको प्रादुर्भाव अनन्त प्रक्रिया हो। सोही अनुरूप प्रागैतिहासिक विश्वरूप दर्शनले आज टेलिभिजनको स्वरूप लिएको छ। हिजोका सञ्जय आजको समाचारवाचक बनेको छ। हिजोका चित्रलेखा आज फोटो पत्रकार र प्रेस क्यामरापर्सन बनेको छ। यसरी नयाँ र प्रगतिशीलले पुरानोको ठाउँ लिँदै गएको इतिहास देख्न सकिन्छ।

सन् १९२९ को सेप्टेम्बर ३० तारिखका दिन संसारमा नै पहिलोपटक बीबीसीले टेलिभिजनको प्रसारण थालनी गरेपश्चात प्राचिन हिन्दूशास्त्रको ‘दिकप्रर्दशनरहस्य’ले फड्को मारेको मान्न सकिन्छ। नेपालको सन्दर्भलाई नियाल्दा तत्कालीन राजा वीरेन्द्रले २०३८ सालमा राष्ट्रिय पञ्चायतलाई सम्बोधन गर्ने क्रममा निर्देशन दिए अनुरूप विकासको बढ्दो गतिसँगै जनतालाई अवगत गराउन तत्कालीन समयको आधुनिकतम सञ्चार माध्यम टेलिभिजनको सम्भाव्यता बारे अध्ययन गरी ‘विकासको लगि सञ्चार’ को मूल मन्त्रलाई साकार रूप दिन २०४१ साल माघ १७ गतेका दिन ‘नेपाल टेलिभिजन परियोजना’को स्थापना भएको थियो।

आमजनसमुदायले टेलिभिजन जस्तो विलासिताको साधन धान्न नसक्ने तत्कालीन अवस्थामा अनेकौं चुनौतीबीच स्थापना भएको मुलुककै अग्रणी प्रसारण संस्था नेपाल टेलिभिजनले यसैसाता आफनो ३७औं वसन्त पार गरेको छ। विश्वमा टेलिभिजन प्रसारण भएको ५ दशकपश्चात स्थापना भएको नेपाल टेलिभिजनले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रिय प्रसारण माध्यमको रूपमा आमनेपाली जनसमुदायलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्दै आएको छ।

विभिन्न स्वतन्त्र सर्वेक्षणको आधारमा सबै भन्दा विश्वासिलो सञ्चार माध्यमको रूपमा आफूलाई स्थापित गराउन सफल नेपाल टेलिभिजनको पाँचैवटा च्यानलहरु सत्यतथ्य सूचना, जानकारी तथा मनोरञ्जन प्रदान गरेर जनतामाझ सद्भाव र एकताको भाव अभिवृद्धि गराई नेपाल सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई सार्थकता दिने अभियानमा सदैव अगाडि छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन समयमा ‘ल आयो....., ला गयो........, आयो आयो.. फेरि गयो........, आयो आयो........’ भन्दै एन्टिना घुमाएर एउटै कोठामा टोलभरिका मानिसहरु बसेर हेरिने नेपाल टेलिभिजनको प्रसारणलाई समाजिकीकरणको द्योतक पनि मान्न सकिन्छ।

श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ को दफा ३ (घ) मा ‘श्रमजीवी पत्रकार भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकारप्राप्त गरेको व्यक्ति बाहेक सञ्चार सम्बन्धी व्यवसाय वा सेवालाई प्रमुख व्यवसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधानसम्पादक, सम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचारवाचक, कार्यक्रम निर्देशक, अनुवादक, वेभ डिजाइनर, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेराम्यान, व्यंग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य  वा भाषा सम्पादक जस्ता पत्रकारिता पेशासँग सम्बधित व्यक्ति समेतलाई जनाउँछ’ भनेर उल्लेख गरिएको छ।

श्रमजीवी पत्रकारको फराकिलो र व्यापक यस परिभाषाले वेभ डिजाइनर, फोटो पत्रकार, प्रेस क्यामेराम्यान, व्यंग्य चित्रकार, अनुवादक, दृश्य सम्पादक लगायतका व्यक्तिलाई समेत श्रमजीवी पत्रकारको रूपमा व्याख्या गरेको छ। यसर्थ प्रागैतिहासिक कालका ‘चित्रलेखा’ वा आधुनिककालका प्राविधिक जनशक्तिलाई समेत श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ को दफा ३(घ) ले श्रमजीवी पत्रकार को दर्जा दिएको छ। त्यसो त एउटा टेलिभिजन कार्यक्रम उत्पादन गरेर प्रसारण गर्दासम्म कम्तिमा पनि बीस जना दक्ष प्राविधिक जनशक्तिहरुले नेपथ्यमा बसेर ठूलो मिहिनेत गरेका हुन्छन्। 

छायांकन स्थलसम्म छायांकन टोलीलाई यातायातको साधनमा बोकेर लैजाने चालकदेखि, छायांकन स्थलमा चिया खाजाको व्यवस्था गर्ने सहयोगीहरू, ध्वनी नियन्त्रक, प्रकाश नियन्त्रक, क्यामेरापर्सनलगायतले छायांकन स्थलमा निकै मिहिनेत गरेका हुन्छन्। छायांकन सकिएलगत्तै नेपथ्यमा बसेर दृश्य सम्पादकहरुले सम्पादन गरेको कार्यक्रमलाई उचित प्रविधिको प्रयोग गरेर एमसीआर डेस्कका इन्जिनियरहरुले घरघरको टेलिभिजन सेटसम्म सुरक्षित अवतरण गराउनमा उल्लेखनीय भूमिका खेल्दछन्। टेलिभिजनको पर्दामा देखिने टेलिभिजन प्रस्तोताहरू टेलिभिजनको सर्वोपरि जस्तो लागेता पनि नेपथ्यमा बसेर काम गर्ने ‘चित्रलेखा’रुपि प्राविधिक जनशक्तिहरुको प्रसारण प्रणालीमा सशक्त भूमिका रहन्छ।

श्रमजीवी पत्रकारको परिभाषाभित्र समेटिएका समाचार सामग्री संकलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधानसम्पादक, सम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचारवाचक, कार्यक्रम निर्देशक प्रागैतिहासिक कालका सञ्जयका आधुनिक स्वरूपहरू हुन्। 

पर्दामा देखिने सञ्जयहरु आवाजविहीनहरूका आवाज हुन्। दृश्यविहीनहरुका लागि आँखा हुन्। नागरिक सरोकारका विषयवस्तु र सूचनालाई बुलन्द स्वरूप दिने कडी हुन्। समाजमा लुकेर बसेका समस्यालाई हल गर्न सम्भावनाको खोजी गर्ने आँखा हुन्। यसर्थ, समान लक्ष्य प्राप्तिका निम्ति सूचना र चेतना जगाउन फरक प्रकृतिको काम र पेसा भएका ‘सञ्जय’ र ‘चित्रलेखा’हरु आमजनताको चेतना चक्षु उजागर गर्न जिम्मेवार र उत्तरदायी बन्नु अत्यावश्यक छ।

(लेखक नेपाल टेलिभिजनका क्यामरापर्सन हुन्।)

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १५:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्