काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर लोसपाले उठाएका मागका विषयमा चासो राखेका छन्।
बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुगेर ठाकुरले लोसपाले उठाएका मागका विषयमा के भइरहेको छ भनेर चासो राखेका हुन्।
‘तपाईं प्रधानमन्त्री हुँदा हाम्रा माग सम्बोधन गर्छु भनेपछि समर्थन गरेका थियौं। प्रधानमन्त्री भएको सात महिना भयो। लोसपाका माग कहाँ पुग्यो’ ठाकुरनिकट एक नेताले भने, ‘भेटमा देउवाले लोसपाका माग सम्बोधन गर्न सकारात्मक छु त्यसमा लागि रहेको छु भन्ने जवाफ दिनु भएछ।’
जसपाले संविधान संशोधन, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र रेशम चौधरीलगायत बन्दी रिहाइको माग राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।