काठमाडौं- बलिउड अभिनेता रमेश देवको निधन भएको छ। ९३ वर्षका अभिनेता देवको निधन भएको उनका छोरा अजिनय देवले पुष्टि गरेका हुन्।
देव तीन दिनअघि मात्रै ९३ वर्ष पुगेका थिए। सन् १९६२ मा फानी मजुकदर निर्देशिक ‘आरती’ फिल्ममार्फत् आफ्नो करिअर सुरु गरेका देवले दर्जनौं हिन्दी र मराठी फिल्ममा काम गरेका छन्।
उनले बलिउडका स्टार अभिनेता अमिताब बच्चन, दीलिप कुमार, राजेश खन्नाजस्ता कलाकारसँग ‘आनन्द’, ‘आपकी कसम’, ‘मेरे अप्ने’, ‘कोरा काजग’, ‘खिलौना’लगायतका फिल्ममा अभिनय गरेका छन्। उनले २५० भन्दा धेरै हिन्दी फिल्म र करिब २०० वटा मराठी फिल्ममा अभिनय गरेका छन्। उनी धेरैजसो सहायक भूमिकामा देखिन्थे।
देवको निधन बुधबार भारतको कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा भएको उनका छोरा आजिनयले बताएका छन्। हृदयघातका कारण उनको निधन भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।