कमल थापा नेतृत्वको राप्रपावाट विभाजित भई निर्माण भएका पशुपति शमशेर राणा नेतृत्वको प्रजातान्त्रिक राप्रपा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादी एउटै निर्वाचन चिह्न गोलाकारभित्रको हलोमा लड्ने भएका छन्।
राप्रपाका केन्द्रीय सदस्य भुवन पाठकका अनुसार दुवैलाई आयोगले हलो चिह्न दिएको र मतदाता झुक्किने भएकाले एउटै चुनाव चिह्नमा लड्ने सहमती भएको बताए। स्थानीय तह निर्वाचनमा गाई चिन्हमा मत नआएको भन्दै पार्टी विभाजन गरेका उनीहरुले निर्वाचन आयोगमा अलग–अलग पार्टी दर्ता गराएका छन्।
प्रदेश सभा र प्रतिनिधिसभा चुनावको मतपत्रमा गोलाकारभित्रको हलो सातौं नम्बरमा रहेको छ। राणाले पाएको हलो भने ३४ औ नम्बरमा परेको छ। मतपत्रमा चुनाव चिह्न पछाडि परेकाले लोहनीले पाएको चिह्नमा लड्न लागेको पाठकले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।