काठमाडौं– सत्तारुढ गठबन्धनका प्रमुख तीन शीर्ष नेताहरुबीच पुनः छलफल हुने भएको छ। अहिले केहीबेरपछि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल हुन लागेको हो।
समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश कार्यक्रममा बोल्दै आफूहरु अहिले पुनः छलफलमा जुटन लागेको बताएका थिए। बिहान ११ बजे पनि तीन शीर्ष नेताहरुबीच छलफल भएको थियो। नेताहरुबीच स्थानीय तहको निर्वाचन र एमसीसीका बारेमा छलफल भएको थियो।
बिहानको छलफलमा एमसीसीका विषयमा सञ्चारमाध्यममा बाहिर आइरहेका विषयमा तीन नेताहरुबीच छलफल भएको थियो। एमसीसीको विषयलाई लिएर नेताहरुबीच फरक–फरक मत बाहिर आइरहेका बेला पछिल्लो समय भेटघाटलाई पनि तीव्रता दिएका छन्।
आजै बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पनि छुट्टै भेटवार्ता भएको थियो। यस्तै, गृहमन्त्री बालकृष्ण खाणले पनि अध्यक्ष नेपालको निवास पुगेर आज बिहान छुट्टै छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।