काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन कुनै पनि हालतमा नटुटने बताएका छन्।
विद्यार्थी संगठन अनेरास्ववियुले गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘पाँच दलीय गठबन्धन निर्माण गरेका छौं। दिन दिन पत्रिका हेर्नु भएको होला विभिन्न कुरा आइरहेका छन्,’ उनले भने, ‘त्यसमा कुनै सत्यता छैन। गठबन्धन टुटने बाला छैन। कसैले टुटाउन खोज्ने वाला छैन।’
भर्खरै मात्रै आफू, माओवादी केन्द्रका अध्यक्ष र प्रधानमन्त्री देउवाबीच छलफल भएको उनले बताए। ‘पत्रपत्रिकामा आएका समाचारका बारेमा पनि हामीले छलफल गर्यौं। सत्यतथ्य के हो भनेर छलफल भयो। ती सबै मनगढन्ते कुरा हुन्,’ उनले भने, ‘हामीले गठबन्धनलाई कायम राखेर अघि बढ्ने भनेर प्रतिबद्धता व्यक्त गरेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।